२०८२ फाल्गुन २८ गते, बिहीबार ०४:१६

पहिरोमा जेनतेन बाँचे, तर घुसेल क्षतविक्षत छ

२१ असोज, घुसेल (ललितपुर) । लेले र नल्लु खोलाबाट सोहोरिएको बाढीले तहसनहस बनाएको टीकाभैरवबाट उकालो लागेपछि हेटौंडा पुग्ने कान्ति राजपथ शुरु हुन्छ । अलिकति उकालो लागेपछि भर्खरै कालोपत्रे गरिएको कान्ति राजपथको ठाउँठाउँमा माथिबाट पहिरो खसेको छ, तलपट्टि खोक्रिएर पिच धसिएको छ ।

तिनपाने भञ्ज्याङबाट ललितपुरको देवीचौर, घुसेल, भट्टेडाँडाका गाउँमा पुग्ने बाटो लेदो र पहिरोले पुरिएको छ । शनिवार दिउँसो यो संवाददाता त्यहाँ पुग्दा भर्खरै डोजरले लेदो सोहोरेको थियो । १२ असोजको बाढीपछि रोकिएका ट्रक दूध ओसार्ने तरखरमा थिए ।

घुसेल र देवीचौरको बीचमा पर्ने देउराली भन्ने ठाउँमा गाउँलेहरु काँक्रा, तरकारी र दूध बोकेका भाँडा लिएर बसेका थिए । खानीभञ्ज्याङकी लक्ष्मी स्याङतान तरकारी र दुध लिएर बाटोमा आएकी थिइन् । बाढीको बितण्डा बताउनै उनले एकै सासमा सुनाइन्, ‘कसैको गोठ पुरेको छ, कसैको बारी लग्यो । गाउँमा पानी, बिजुली केही पनि छैन ।’

स्थानीय भूमिडाँडाका बासिन्दा कपिलबहादुर बम्जनका अनुसार, बाढीले पाइप बगाएपछि खानेपानीको समस्या भएको छ । बाटो भत्किदा गाउँमा उत्पादित दुध ओसार्न र बस्तुभाउलाई दिने ढुटोपिनाको पनि अभाव हुन थालेको छ ।

‘ढुटोपिना छैन, घाँसका भरमा डिंगा पालेका छौं । बर्खालाई भनेर ल्याएको ढुटोपिना अलिअलि गर्दै सिद्धियो’ उनले भने, ‘बाटो भत्कदै जान थालेपछि अरु ल्याउन सकिएन पाँचवटा भैसीलाई के खुवाएर पाल्ने भन्ने छ ।’

त्यही समूहमा रहेका लालबहादुर मोक्तानको गोठ पहिरोले क्षतविक्षत भएको रहेछ । माथिबाट पहिरोले भत्काएपछि उनले बल्लतल्ल गोठका चौपाया निकालेर छिमेकीको बारी र काल्नामा बाँधेका रहेछन् । ‘अहिले गाईभैसी राख्ने ठाउँ छैन, अब काठपात खोजेर टहरो बनाउनुपछ’ उनले भने, ‘घर चर्किएर बस्न नहुने भएको छ । अब के गर्ने ? कसो गर्ने ? केही सोँचेको छैन ।’

त्यही ठाँउमा छोटीडाँडाका प्रेमबहादुर स्याङतान मोटरसाइकल चढेर आइपुगे । उनको मोटरसाइकलको पछाडी नचुहिने गरी बिर्को कँसिएको पहेंलो जर्किनमा दुध थियो । अनि मोटरसाइकलको ‘लेगगार्ड’मा सानो कोदाली बाँधेका थिए ।

‘जहाँ खाल्डो परेको छ, ढुंगा खसेका छन्, कोदालीले खोस्रेर बाटो बनाउने, अनि बाइक गुडाउने गरेका छौं’ उनले सुनाए, ‘यति पनि नगर्ने हो भने बस्तुभाउ पालेर उत्पादन गरेको दुध खोल्सामा बगाए हुन्छ ।’ बाढीपछि दुध बेच्न नपाएका उनीको एक साताको उत्पादन खेर गयो ।

गाउँको दूध चिस्यान केन्द्र बिजुली नभएपछि चल्ने कुरै भएन । उनीहरु एक सातापछि बल्ल गाडी आउने आशामा दुध लिएर बाटोमा पुगेका थिए । अरु केहीले भने बोकेरै नजिकको गाडी आउने ठाउँसम्म दुध पुर्‍याए । त्यति मिहिनेत गरेर सधै दूध ओसार्न सक्ने कुरै थिएन ।

त्यही पुगेकी लक्ष्मी वाइवा आफूहरुको दुःख कसैले नदेखेकामा जंगिदै थिइन् । पहिरोले खानेपानीको पाइप पुरेपछि उनी भैसीका लागि पानी बोक्दाबोक्दा हत्तुहैरान थिइन् । उब्जिएको तरकारी बेच्न नपाएर बारीमा कुहिएको छ । उनलाई घरमा बिजुली र धारामा पानी तत्काल भइदिए हुन्थ्यो भन्ने लागेको छ ।

घुसेल देवीचौरका पीडित भन्छन्– ‘हाम्रोतिर पहिरोले कसैलाई पुरेको छैन, कसरी सरकारी मान्छेहरु आउन् ?’

‘न बत्ती आउँछ, न पानी । नेताहरु आएनन् भन्नु भने बाटै छैन, कहाँबाट आउनु ?’ उनले भनिन्, ‘अहिलेसम्म एउटा पनि आउनुभएको छैन, भोट माग्ने बेलामा भए पो जसरी पनि आइपुग्नुहोला ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानका सबै जहाजहरु सिमराबाट घुसेल र देवीचौरको ठिक माथिबाट काठमाडौं उपत्यकामा प्रवेश गर्छन । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओलीपनि लम्बे विदेश भ्रमणपछि त्यसैगरी फर्किए ।

नजिकैबाट जहाँ जाँदा स्थानीयहरु ठाडोघाँटी लगाएर माथितिर हेर्छन्। राजधानीकै नगरपालिकाको वडामा रहदा समेत भोग्नुपरेको सास्ती सम्झेर हैरान मान्छन् । सरकारी मानिसहरु पहिरोले पुरेको र मान्छेको ज्यान तलमाथि भएको ठाउँमा मात्रै पुग्दा रहेछन् भन्ने लक्ष्मी बाइवाले थाह पाइन् । चित्त दुखाउँदै उनले भनिन्, ‘हाम्रो बस्तीमा पहिरोले कोही मान्छे पुरेको छैन, त्यही भएर होला सरकारी मान्छे आएको छैन ।’

लक्ष्मी बाइबाका श्रीमान् लगायत अरु छिमेकीहरु पहिरोले ढलेका बिजुलीका पोल मिलाउन र तार तान्न केही दिनदेखि भिरपाखा कुदिरहेका छन् । दक्षिण ललितपुरका गाउँहरुमा सामूदायिक विद्युतिकरण छ, त्यसैले गाउँलेहरुले विद्युत् प्राधिकरणको मुखै ताकेनन्, समुदायकै पहलमा मर्मत गरिरहेका छन् ।

देउरालीबाट करिव आधा घण्टा ओरालो झरेपछि छोटीडाँडाको बस्ती आउँछ । माथिबाट खसेको ठूलो पहिरोले बिशाल न्यासुरका दाइको परिवारै बसेको घर सोहोर्‍यो । बाबुआमा, उनकी बुहारी काखमा भएकी दुई महिने शिशुको ज्यान गयो ।

दुई छोरा र एउटी छोरी अन्यत्र भएको हुनाले बँचे । बिशालले लामो सुस्केरा हालेर भने, ‘दाईको परिवारले हामीलाई झुक्याएर गयो, छोराछोरी पनि घरमा बसेको बेलामा परेको भए सबै जाने रहेछन् ।’

उनीहरुको पीरमर्का बुझ्न र क्षतिको विवरण बटुल्न गोदावरी नगरपालिका–७ का वडा सदस्य अजयबहादुर तामाङ बस्तीमा पुगेका थिए । सानोभैसे भन्ने ठाउँको ब्यारेकबाट आएको सैनिकको डफ्फाले खोजतलास गरेपछि ३/४ दिनमा शव निकाल्यो लाग्यो ।

तामाङ समुदायको परम्परा अनुसार, निधन भएका व्यक्तिको शव नजिकैको डाँडामा लगेर दाहसंस्कार गर्नुपर्ने हो । तर गाँउभरी विपत परेका बेला चारजनाको शव बोकेर डाँडामा पुर्‍याउन सम्भव थिएन, नजिकैको अलि अग्लो ठाँउ खोजेर दाहसंस्कार गरे ।

उनी बाढीका कारण नगरपालिकाको दुर्गम बस्ती तहसनहस भएकोमा उनी चिन्तित देखिए । २०७२ सालको भूकम्पछि सार्नुपर्ने बस्तीको सूचीमा छोटीडाँडाको त्यो घर पनि रहेछ । तर सुझाव कार्यान्वयन हुन नसक्दा चार जनाले अनाहकमा ज्यान गुमाए ।

त्यही वडामा अरु दुई जना मारिएका रहेछन्, एकजनाको शवको पहिचान नै खुलेको छैन रे । सिकिस्त घाइते भएका दुई जनालाई सेनाको हेलिकप्टरले उद्धार गरेर अस्पताल लगेको रहेछ । क्षतिको विवरण संकलन गर्न वडाका कर्मचारी सहित गाउँमा पुगेका उनले भने, ‘भर्खरै कालोपत्र गरेको बाटो तहसनहस भएको छ, दूध ओसार्ने बाटो छैन । बल्लतल्ल गाउँमा बिकास पुगेको थियो, पहिरोले सिध्यायो ।’

त्यही ठाँऊमा ७६ वर्षिया साइली तामाङ झोक्राइरहेकी थिइन् । शनिवारको दिनदेखि गाउँमा फोन टिपेको छैन, कतै सम्पर्क गर्न खोज्दा फोन लाग्दैन । बाढीले टुंगुनखोला(गोटिखेल बजार)मा ठूलो क्षति पुर्‍याएको थाह पाएकी उनी माइतीको हालखवर थाह नभएर आकुलव्याकुल थिइन् । उनले रुदै भनिन् ‘मेरो दाई मोक्तान माइला हुन् । उनको के हाल छ ?’

देउरालीबाट घुसेलतिर ओरालो लागेपछि केही तल दुध बोकेको मिनिट्रक फँसेको थियो । चापागाँउ जान हिँडेकाहरु ट्रकबाट ओर्लिए अनि अगाडी डोरी बाँधेर तान्न थाले । त्यति गर्दापनि चिप्लो बाटोमा टायर घुमिरह्यो । केही मानिसहरु पछाडी गएर मिनिट्रक धकेल्न थाले । केही बेरको प्रयासपछि ट्रक उकालो लाग्यो, अनि मानिसहरु ट्रलीमा चढे ।

बाग्मती गाँउपालिका–१ को घुसेलमा स्थानीय शिक्षक कृष्ण न्यौपानेले घरनजिकैको पहिरोमा परेर ज्यान गुमाए । पछि खोजतलास गर्दा उनको खुट्टा भेटियो, त्यसैका आधारमा अन्त्येष्टी गरेर परिवार किरियामा बसेका छन् । उनको शव खोज्न सेनाको टुकडी दुई दिन घुसेलमा बसेर पहिरो खोतल्यो । केही सिप नलागेर शनिवार अपरान्हतिर ब्यारेकमा फर्कियो ।

जिल्ला प्रशासन कार्यालयले टोली बनाएर मृतकको परिवारलाई क्षतिपूर्ति स्वरुप २ लाखका दरले नगद बाड्यो । पहिरोमा पुरिएकाहरुलाई खोज्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन बाहेक पहिरोले तहसनहस बनाएको बस्तीमा राज्यको उपस्थिती थिएन । हेलिकप्टरले एकाध घाइतेहरुलाई उपचारका लागि लैजानु अपवाद नै भयो ।

भत्किएका बाटोमा ढुंगा हटाउनेदेखि माटो सोहोर्नेसम्मको काममा स्थानीयहरु सक्रिय थिए । स्थानीय निर्माण कम्पनीका उपकरण प्रयोग गरेर पहिरो हटाइदै थियो, गाँउलेहरुले नै तार तानेर बिजुली जोड्न खोज्दै थिए । स्थानीय जनप्रतिनिधिहरु समस्यासँग जुध्न सक्रिय नै देखिन्थे ।

घुसेलमा नजिकैको बाटोमा माथिबाट बाढी आएर ढुंगा थुपारेको थियो । स्थानीयबासिन्दा रमेश गौतम स्काभेटर अपरेटरलाई बाटो सोहोर्न सहजीकरण गर्दै थिए । ‘रातारात काम गरेर एक सातामा बाटो खोल्न सकियो’ उनले भने, ‘बाटो तहसनहस थियो । बिचमा धन्न जगेडा डिजेल राखेका थियौं, त्यही हालेर बाटो सोहोर्‍यौं ।’

शनिवार वडा कार्यालयमा पुग्दा बाग्मती–१ का वडाध्यक्ष ज्ञानबहादुर लो गाँउले जनधन र पूर्वाधारको क्षति व्यहोरेको भन्दै दुःखमनाउ गरिरहेका थिए । बाढीका कारण बस्तीले शिक्षक र पूर्ववडाध्यक्ष गुमायो । भर्खरै कालोपत्र गरेको सडक तहसनहस भयो । बल्लतल्ल बन्न लागेको खानेपानी आयोजना क्षतिविक्षत भयो ।

‘जस्ताबाट खसेको बलेसीको पानी थापेर खानुपर्ने अवस्था भयो । गाउँमा चामल सकियो । मकै छ तर पिध्ने घट्ट खोलाले बगाएको छ, मिलमा बिजुली छैन’ उनी भन्छन्, ‘पोल ढलेपछि बिजुली छैन, टेलिफोनका टावर बन्द भए । बल्लतल्ल पारी फर्पिङतिरका टावर टिप्न थालेका छन् ।’ गाउँमा दैनिक उत्पादन हुने ६ हजार लिटर दूध खेर गयो । दुई दिनको झरीले तहसनहस बनायो, हामी त २० वर्षअघि फर्के झै भयो ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM