२०८३ जेष्ठ ११ गते, सोमबार १९:२८

कोशीमा राहत र पुनर्निर्माण कोष निर्माण गर्न माओवादीको माग

२१ असोज, विराटनगर । नेकपा माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलले कोशीमा ‘राहत एवं पुनर्निर्माण कोष स्थापना गर्न माग गरेको छ ।

सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापन पत्र बुझाउँदै माओवादी केन्द्रले बाढी पहिरोबाट पीडित भएकाहरुलाई दिने राहत तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माणको काम गर्न कोष खडा गर्न माग गरेको हो ।

बाढी पहिरोबाट प्रदेशमा ठूलो क्षति भएकाले राहत, पुनःस्थापना र पुनर्निर्माण गर्न सरकारको नियमित बजेटबाट सम्भव हुने नदेखिएकाले संघीय सरकार, विकास साझेदार र दातृ निकायबाट सहयोग जुटाउनुपर्ने माओवादी केन्द्रको भनाइ छ ।

माओवादीले बेपत्ताहरुको खोजी, उद्धार र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार गर्न, राहत वितरणको झन्झटिलो प्रक्रियालाई छोट्याएर स्थानीय तहसँग समन्वय गरी पीडितलाई दसैँअघि नै राहत दिन पनि माग गरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

दुर्गा प्रसाईंविरुद्धको प्रहरी अनुसन्धान पूरा, विद्युतीय कारोबार र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउन राय

काठमाडौं। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का

दुर्गा प्रसाईंविरुद्धको प्रहरी अनुसन्धान पूरा, विद्युतीय कारोबार र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउन राय

काठमाडौं। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का

Live

Listen Live FM