२०८२ माघ २४ गते, शनिबार ००:३५

उपराष्ट्रपति यादवद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग




काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले २०८१ असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित, पीडित परिवारहरूको राहतका लागि एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ । 

यसैगरी, उपराष्ट्रपतिको कार्यालय अन्तर्गत उहाँको स्वकीय सचिवालयमा कार्यरत विज्ञहरू (सल्लाहकारहरू) र प्रमुख स्वकीय सचिवबाट पाँच–पाँच दिन तथा सहसचिवदेखि अधिकृत वा सो सरहको कर्मचारीबाट तीन–तीन दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ । 

उपराष्ट्रपति यादवले प्राकृतिक विपद्का कारण मुलुकमा ठूलो मात्रामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले विपद्का कारण अकालमै ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली एवं चिर शान्तिको कामना गर्दै आफ्ना प्रियजन गुमाउनु भएका परिवारजनप्रति गहिरो समवेदना एवं सहानुभूति तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । 

उपराष्ट्रपति यादवले घाइते भएकाहरूको निःशुल्क उपचार र विपद् प्रभावित क्षेत्रमा हैजा, डेंगीजस्ता रोगहरू फैलिन नदिन आवश्यक उपायहरू अवलम्बन गर्न, विस्थापित परिवारका लागि पुनर्वासको व्यवस्था गर्न तथा राहत सामाग्रीलगायत  खाद्यान्नको व्यवस्थापन एवं अवरुद्ध लोकमार्गहरु यथाशीघ्र खुलाई आगमन सहज बनाउन सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM