२०८२ असार २० गते, शुक्रबार ०७:४२

इरानमा बाढीका कारण १५ जनाको मृत्यु




तेहरान । इरानको दक्षिणी सहरमा आएको आकस्मिक बाढीले छ जनाको मृत्यु भएको प्रारम्भिक तथ्याङ्कलाई अपडेट गर्दै कुल १५ जनाको मृत्यु भएको राष्ट्रिय सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ । 

“हलिल नदीमा आएको बाढीका कारण बेपत्ता हुनेमध्ये अन्तिम शव जिरोफ्टमा फेला परेपछि कुल १५ जनालाई मृत घोषित गरिएको छ”, आधिकारिक इर्ना समाचार समितिले बतायो । त्यससँगै खोजी र उद्धार अभियान समाप्त भएको इर्नाले जनाएको छ । 

सोमबारको बाढीमा परी मृत्यु भएका लगभग सबै इस्लामिक गणतन्त्रमा बसोबास गर्ने अफगान नागरिक रहेको इरानको आइएसएनए समाचार समितिले जनाएको छ । जिरोफ्ट सामान्य रूपमा सुख्खा दक्षिणी प्रान्त केरमानमा अवस्थित एउटा सहर हो । 

इरानले विगत एक दशकमा बारम्बार विनाशकारी बाढीको सामना गर्दै आएको छ । सन् २०२२ मा इरानको दक्षिणी क्षेत्रमा आएको भारी वर्षाले कम्तीमा ८० जनाको ज्यान लिएको थियो र करिब २० करोड डलरको क्षति भएको अनुमान गरिएको थियो । रासस/एएफपी

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM