राधेश्याम साह/
रौतहट /अत्यधिक वर्षाका कारण आएको बाढीबाट बालीनालीमा नोक्सानी भएपछि रौतहटका चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ।
बैंक,साहू, संस्था लगायतबाट ऋण काढेर तथा घरमा रहेको अन्न गेहुँ, धान, मसुरो सहितका खद्यान्नबाली बिक्री गरेर जसोतसो खेती गरेका किसान मर्कामा परेका छन्।
खेतबारीमा लगाइएको बाली बाढीले तहसनहस पारेपछि कर्जा लिएका किसानलाई बैंकको ब्याज बुझाउन समस्या भएको छ। बैंकबाट कर्जा लिएर किसानले धान बाली,तरकारी, केरा र उखुखेती गरेका थिए। ‘बाढी र डुबानग्रस्त क्षेत्रका साना किसानले लिएको ऋण कर्जा कसरी सधान हुने बारे किसान चिन्तामा परेका छन।
बाढीका कारण क्षति व्यहोरेका किसानलाई बाली लगाउन एक प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनको माग छ। किसानको मनोबल उच्च राख्नका लागि फलफूल, उखु, तरकारी बाली लगायतका को क्षतिपूर्ति यथाशीघ्र उपलब्ध गराउनुपर्ने किसानहरूले आग्रह गरेका छन्।
हिउँदे बाली लगाउन मल, खाद, बीउबिजन र आवश्यक सामग्रीको विशेष प्याकेज ल्याई पूरै अनुदानमा उपलब्ध गराएमात्रै किसानलाई राहत पुग्ने उनको भनाइ छ।
बाली नोक्सानी हुँदा खाद्यान्न सङ्कट निम्तिने किसान बताउँछन्। क्षतिको विवरण सङ्कलन, राहत र क्षतिपूर्ति तथा हिउँदे बालीका लागि किसानलाई आवश्यक सामग्री निःशुल्क तथा अनुदानमा उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ। धानको समर्थन मूल्य तत्काल तोक्नुपर्ने नेपाल किसानले बताए। बाढीपीडित किसानलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडादेखि दैनिक उपभोग्य वस्तु खरिदका लागि प्याकेजका रूपमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने उनको माग छ। बाढीबाट रौतहटको दुर्गाभगवती, यमुनामाई गाउँपालिका, गढीमाई, राजदेवी, बौधीमाई, राजपुर, इशनाथ, गौर लगायतका किसान बढी प्रभावित भएका छन् ।