वीरगंज/वीरगगंज महानगरपालिकास्थित सरीसवा नदीमा हाम फाल्ने युवतीको पहिचान खुलेको छ।
आइतवार विहान पुलबाट नदीमा हामफाल्ने युवती बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ खुटुवा प्रसौनी बस्ने विनोद दास र मन्तुरा दासकी १६ बर्षीया छोरी राधिका कुमारी दास रहेको रहेको प्रहरीले जनाएको छ।
आईतबार बिहान सरिसवा नदिमा एक्कासी हाम फालेपछि उद्धारका लागि प्रहरी परिचालन गरिएको छ । किशोरीको अवस्था अज्ञात रहेको छ । घटनापछि प्रहरीले खोजी कार्य जारी रहेको छ । उनकी आमालाई फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक भारतीले भने बेपत्ता किशोरीको खोजी जारी रहेको र विवरण भने आउन बाँकी रहेको जनाएको छ । यद्यपि प्रहरीले घटनास्थलबाट किशोरीकी आमा मन्तुरालाई थप सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा लिएर गएको छ ।