२०८२ कार्तिक २१ गते, शुक्रबार ०८:५८

भारतीय पर्यटक बोकेको बस दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको यात्रुवाहक बसमा सवार यात्रुमध्ये १४ जनाको मृत्यु भएको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको भारतको उत्तर प्रदेशको नम्बर भएको बस सुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार अहिलेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन भने बाँकी रहेको छ।

उद्धार गरिएका १६ जना घाईतेलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ भने अन्यको उद्धार कार्य जारी छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM