२०८२ असार २० गते, शुक्रबार २०:०८

भैंसीको आक्रमणबाट बाघको मृत्यु

काठमाडौं- मकवानपुरमा भैंसीले बाघ मारेको छ।

बिहीबार बिहान मनहरी गाउँपालिका ६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत भेटिएको इलाका प्रहरी कार्यालय, मनहरीले जनाएकाे छ।

बाघको आक्रमणमा परी भैंसी घाइते भएकाे छ।

प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा भैंसीकाे आक्रमणमा परी बाघकाे मृत्यु भएकाे जनाएकाे छ।

प्रहरीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सेक्टर सौराहा ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले मरेकाे बाघ लिएर गएकाे छ। बाघकाे घाँटीभन्दा तल्लाे भागमा चाेट लागेकाे प्रहरीले जनाएकाे छ।

इलाका प्रहरी कार्यालय, मनहरीबाट प्रहरी र पर्सा वन्यजन्तु आरक्ष सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामिटार व्यारेकबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो।

घटनास्थल चितवन राष्ट्रिय निकुञ्जबाट करिब ३ सय मिटर पर रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM