२०८२ माघ १७ गते, शनिबार ११:२३

गठ्ठाघरमा अन्जानमा दुर्घटना भयोः ट्रक चालक

सो दुघर्टनाबारे बनेको छानबिन समितिले अध्ययन अनुसन्धान गर्दा ट्रकको अगाडि स्कुटर आएको थाहै नपाएर दुर्घटना भएको जनाइएको हो।

प्रहरीले उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित केसी नेतृत्वमा गठन गरेको समितिले मंगलबार बुझाएको प्रतिवेदनमा ट्रक चालकले आफूले स्कुटर नै नदेखेको बयान दिएको उल्लेख छ।

ना ६ ख २१७३ नम्बरका ट्रकका चालक सर्लाही मलंगवा नगरपालिका-२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठसँग समितिले सोधपुछ गरेको थियो। त्यस क्रममा आफूले स्कुटर नदेखेको बताएका थिए।

ट्रकमा केही लतारिएको जस्तो भएपछि मात्रै स्कुटर रहेको र केही पछि मात्रै चक्काले केही वस्तु घिसारेजस्तो लागेपछि लुकिङ ग्लास हेर्दा दुर्घटना भएको थाहा पाएको बयान दिएका छन्।

ट्रकमुनि केही आएको जस्तो लागेपछि मात्रै ट्रक नै रोकेको उनले बयानमा बताएका छन्। दुर्घटना हुँदा ट्रक भन्दा पछाडि आइरहेको अर्को गाडीका चालकसँग पनि समितिले सोधपुछ गरेको छ। ती चालकले पनि दुर्घटना भएपछि मात्र स्कुटर देखेको बताएका छन्।

दुर्घटनापछि डरले आफू फरार भएको चालकले बयान दिएका छन्। गत बिहीबार दिउँसो १ः४० बजे श्रेष्ठले चलाएको ट्रकले ठक्कर दिँदा बा ४९ प ८९४४ नम्बरको स्कुटरका चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ छहरे घर भई काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो।

दुर्घटनामा ट्राफिक प्रहरीको लापरबाही भएको आरोप लागेपछि प्रहरीले एसपी केसीको नेतृत्वमा आन्तरिक छानबिन समिति बनाएर घटनाको छानबिन गरेको थियो। तर छानबिन समितिले विभिन्न व्यक्तिसँग गरेको सोधपुछ र सीसीटीभी फुटेजलाई आधार मान्दै ट्राफिकको कमजोरी नरहेको राय दिएको छ।

दुर्घटनास्थल नजिकै ३ जना ट्राफिक प्रहरी ड्युटी गरिरहेको सीसीटीभी फुटेजमा देखिन्छ। सोही क्रममा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले आफूभन्दा अघि रहेको स्कुटरलाई किच्दै अघि बढेको देखिन्छ।

गृह मन्त्री रमेश लेखकको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रहरी जिल्ला अधिकारी डोरेन्द्र निरौला नेतृत्वको अर्को समितिले पनि छानबिन सुरु गरेको छ। समितिमा भक्तपुरका डीएसपी राजन कार्की र एक जना मेकानिकल इन्जिनियरसहित ५ जना सदस्य छन्।

आइतबारबाट काम सुरु गरेको उक्त समितिले आगामी आइतबार प्रतिवेदन बुझाउने गरी म्याद दिइएको छ। प्रारम्भिक अनुसन्धानको क्रममा मेकानिकल इन्जिनियरले ट्रकको अवस्था पनि ठिक रहेको राय दिएका छन्।

ट्रकको अवस्था पनि ठिक रहेको, स्पिडमा पनि नरहेको, चालकले मादक पदार्थ सेवन पनि नगरेको पाइएकाले लापरबाहीपूर्ण तरिकाले चलाएर भन्दा पनि भवितव्यमा दुर्घटना भएको समितिले औंल्याएको छ।

ट्राफिकले जथाभाबी चेकजाँच गर्दा दुर्घटना भएको भन्दै दुर्घटनापछि गठ्ठाघर चोकमा प्रदर्शन भएपछि स्थिति तनावग्रस्त बनेको थियो। दुर्घटनापछि छानबिन गर्न बनेको एसपी केसीको समितिले प्रतिवेदन बुझाए पनि सहायक सिडिओ निरौला नेतृत्वको समितिले प्रतिवेदन बुझाउन बाँकी नै छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d rajamania beb88 sritoto wongsobet
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM