२०८३ बैशाख २२ गते, मंगलवार १६:२५

करीब पाँच क्विंटल लागुऔषधसहित मियाँ पक्राउ

वीरगंज/पर्सा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्सा जिल्ला पटेर्वासुगौली गाउँपालिका वडा नं.४ अकवा गाउको बाँसघारीबाट विभिन्न किसिमका ४८९ किलो लागु औषध सहित एक जनालाई पक्राउ गरेको हो ।

विभिन्न किसिमका लागु औषधहरू ठुलो परिमाणमा खरिद विक्री भईरहेको छ, भन्ने विशेष सूचनाको आधारमा खटिएका प्रहरी टोलीले पटेर्वासुगौली गाउँपालिका वडा नं.४ अकवा गाउँको बाँसघारीमा कालिकामाई गाउँपालिका वडा नं.१ मुडली बस्ने वर्ष ४० को फुलसरिफ मियाँ शंकास्पद रूपमा लुकिरहेको अवस्थामा फेला परे पछि निजलाई नियन्त्रणमा लिंदा उनको साथबाट लागु औषध गाँजा ३० किलो फेला परेको जिप्रका पर्साका सूचना अधिकारी प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।

लागु औषध सहित पक्राउ परेका मियाँलाई सार्वजनिक गर्न जिप्रकाले आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार मियाँसँ ग प्रारम्भिक सोधपुछ गर्दा नजिकै रहेको बाँसघारीमा खाल्डो खनी बोराभित्र राखि लुकाइ छिपाई राखिएको भन्ने खुले पछि उल्लेखित स्थानमा लागु औषध चरेश १९२ किलो र गाँजाको धुलो (पोलाण्ड) २६७ किलो फेला परेको प्रनाउ भारतीले जानकारी दिनु भयो ।

लागु औषध सहित पक्राउ परेका मियाँलाई जिप्रकामा ल्याई लागु औषध कसुरमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM