२०८२ माघ २८ गते, बुधबार ०९:१८

“सबका मालिक एक”! मोदी पनि पश्चिमा गोटी ?

✍️ गोपाल पाल्पाली आचार्य 

इण्डो-पश्चिमा शक्तिले नै बंगलादेशको प्रधानमन्त्री लाई देश छोड्न बाध्य पारेर सत्ता परिवर्तन गराएको हो । त्यो भन्दा अगाडी पाकिस्तानको प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकार ढलाउने पनि त्यै शक्ति हो । त्यै शक्ति नेपालको राजनीतिमा पनि सधैं खेलिरहेको छ। प्रचण्ड नेतृत्वको सरकार ढलाएर रातारात सरकार परिवर्तन नेपालमा त्यसै भएको थिएन । फरक यत्ती हो कि नेपालमा कुनै ठूलो आन्दोलन नभै संसद खरिदबिक्रिको आधारमा सरकार परिवर्तन भयो ।

एकपटक शेख हसिनाको जीवनकालमा ५२ वर्ष अगाडी घटेको एउटा घटना बुझौं । यो १९७१ को घटना हो । पाकिस्तानको सेनाले युद्ध बिराम गरेपछि बंगलादेश छुट्टै राज्य भैसकेको थियो । उता ढाकाको धनमण्डीमा पाकिस्तानी सेनाले शेख मजिबुर रहमानको घर घेरेर राखेका थिए । घरभित्र शेख मजिबुर रहमानको पत्नी, छोरी शेख हसिना र रेहाना तथा छोरो रसेल एउटा बंकरमा लुकेका थिए । बाहिरबाट जो बंकरको नजीक जान्थ्यो, पाकिस्तानी सेनाले सिधै गोलि हान्थ्यो ।

यो खबर इन्डियन सेनाले थाह पाएपछि इन्डियाले एउटा मेजर सहित दुइटा जवान त्यहाँ पठायो । मेजरले पाकिस्तानी सेनासंग इन्डियन सरकारको तर्फबाट केही सर्त र गोप्य प्रस्ताव राखेर शेख परिवारलाई जोगायो । ती मेजर थिए- अशोक कुमार तारा । उनी पछि कर्णेलमा बढुवा भै रिटार्यड भए । त्यतिबेला पनि शेख परिवारलाई इन्डियाले नै बचाएको थियो ।

अहिले ५२ वर्ष पछि फेरि पनि शेख परिवारलाई इन्डियाले नै जोगाएको छ । यसबाट बुझ्न सकिन्छ कि बंगलादेशको शेख परिवारको सत्ता इण्डियनहरुकै कठपुतली सरकार थियो । अहिले शेख हसिनालाई संसारका कुनै पनि मुस्लिम राष्ट्रले शरण दिएनन् । अमेरिकाले पनि भिसा दिएन । इण्डियाले नै जोगाएर राखेको छ ।

सरकारबाट अपदस्त भएर इण्डियाको शरणमा आएपछि अहिले भर्खरै शेख हसिनाको पहिलो वक्तव्य आएको छ । उनले आफ्नो मन्तव्यमा भनेकी छिन् यदि अमेरिकालाई सेन्ट मार्टिन द्विप तथा बंगालको खाडी क्षेत्रको जमीन अमेरिकालाई दिएको भए मैले राजीनामा दिनुपर्ने अवस्था आउने थिएन । मैले त्यसो गरेको भए आज बंगलादेश ध्वस्त हुन्थ्यो । अमेरिकाले विद्यार्थीहरुलाई उचालेर आन्दोलनमा झोंसेको थियो । यदि मैले राजीनामा नदिएको भए आज विद्यार्थीहरुको लासको चाङ लागिरहेको हुन्थ्यो । मैले आफू हारेर बंगलादेश बचाएकी छु । म बंगलादेश नै फिर्ता जान चाहन्छु । म इण्डियामा शरणार्थी बनेर बस्न चाहन्न ।

यता कुरा यस्तो छ । उता इण्डियाले दोहोरो चरीत्र देखाएको छ । चीनसँगको सम्झौताको कारण शेख हसिनाको सरकार ढलेको हो भन्दै चीनलाई दोषी बनाइरहेको छ इन्डियाले । इन्डियन मिडिया अनुसार चीन संगको बीआराआई तथा ब्यापारीक सम्झौताको कारण इण्डो अमेरिकी शक्तिले नै उनलाई अपदस्त गराएको हो । यता अमेरिकी प्रस्ताव स्विकार नगर्नु र उता चीनसँग सम्झौता गर्नु यिनै दुइटा कारणले इण्डिया र अमेरिका दुबै मिलेर उनलाई अपदस्थ गराएको भन्ने अन्दाज इण्डियन विश्लेषकहरुको विश्लेषण र शेख हसिनाको वक्तव्यबाट आँकलन गर्न सकुन्छ । हसिनालाई शरण दिएको देखाउनु इण्डियाको देखावटी चाल मात्र थियो ।

यता शेख हसिनालाई शरण दिएर मित्रता देखाएको इन्डियाले उता बंगलादेशमा हिन्दुहरुमाथि दमन भएको घटनालाई बढाइचढाइ गर्दै भ्रामक प्रचार गरिरहेको छ । आन्दोलन भएको ठाउँमा अप्रिय घटना हुन्छन् नै । सत्ता त्यसै परिवर्तन हुँदैन । नेपालमै पनि १२ वर्ष तथाकथित जनयुद्ध (धनयुद्ध) मा के के भएको थियो ? सबैलाई थाह भएकै कुरा हो । ६२/६३ को जनआन्दोलनमा १९ जना मान्छे मर्दा नेपालको राजाले १९ हजार मान्छे मार्यो भन्दै दुस्प्रचार गर्ने तिनै इन्डियन मिडिया थिए । खासमा गोली लागेर मरेका जम्मा ४ जना थिए । बाँकी हुलमुलमा च्यापिएर मरेका थिए । तर घटना लाई गलत प्रचार गरेर नेपालको राजसंस्थालाई बदनाम गराउने प्रयास भएकै थियो । त्यै प्रयास अहिले बंगलादेशलाई बदनाम गराएर, जनतामा डर, त्रास, आतंक फैलाएर त्यहाँका हिन्दुहरु सुरक्षित गर्नको निम्ति इन्डियाले तत्काल बंगलादेश कब्जा गर्नुपर्छ भन्ने भास्य निर्माण गर्ने गलत प्रचारबाजी गरिएका छन् । एउटा स्वतन्त्र, सार्वभौमसम्पन्न मुलुकलाई कुनै पनि बहानामा अर्को देशले कब्जा गर्नु अत्यन्तै आपत्तिजनक कुरा हो । आज बंगलादेश कब्जा गर्नुपर्छ भन्ने आवाज उठ्यो भने भोलि सुनियोजित तरिकाले त्यस्तै दंगा नेपालमा गराएर नेपाल कब्जा गर्नुपर्छ भन्ने भास्य निर्माण किन हुँदैन ? इण्डियाका गोदी मिडिया, बीजेपी तथा आरएसएसका कार्यकर्ताहरु बंगलादेशमा हिन्दु सिद्धिए भन्ने त्रास फैलाएर आफ्नो “अखण्ड भारत” मिसन पुरा गर्ने दाउमा लागेको छ । त्यसकारण त्यस्तो गलत नियत कदापि पूरा हुन दिनुहुँदैन । सबै सचेत नागरिकले त्यो षड्यन्त्रको पर्दाफास गर्नुपर्छ ।

बाहिरबाट हेर्दा विद्यार्थी आन्दोलनका कारण बंगलादेश सरकार ढल्यो भन्ने भ्रम पारिएको छ तर त्यसको निहुँमा दुइटा षड्यन्त्र चालिएका छन् । एउटा – तथाकथित “अखण्ड भारत” मिसन, अनि अर्को – “न्यु वर्ल्ड अर्डर” को एक विश्व मिसन ।

तथाकथित “अखण्ड भारत” मिसन पनि “न्यु वर्ल्ड अर्डर” मिसनकै एउटा योजना हो । न्यु वर्ल्ड अर्डर मिसन अनुसार सम्पुर्ण विश्व नै एउटै पश्चिमी (अमेरिकी) शक्ति केन्द्रले नियन्त्रण गर्ने वृहत् प्लानिङ हो । जस अनुसार विश्वको अर्थतन्त्र एउटै बैंकले नियन्त्रण गर्ने, विश्वको सम्राट एउटै शक्ति रहने, विश्वभर एउटै कानुन लाग्ने, विश्वभरका सैनिक बल एउटै केन्द्रको अधिनमा रहने लगायत तमाम कुराहरू रहेका छन् । अहिले विश्वभर एउटै किसिमको (अ) राष्ट्रिय परिचयपत्र बनाइनुको कारण पनि त्यै हो ।

यो षड्यन्त्र सन् १९९० मा युएनले ब्राजिलमा आयोजना गरेको संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय सम्मेलनबाट यो षड्यन्त्र शुरु भएको थियो । जसमा १७८ देशहरू लाई टार्गेट गरिएको थियो । नेपाल पनि त्यो भुमरीमा परेको छ ।

न्यू वर्ल्ड अर्डरको त्यस्तो मिसनमा विश्वको जनसंख्या 90% घटाउनुपर्ने सम्मको अपराधीक कुराहरू जोडिएका छन् । कथित महामारी पनि त्यसैको लागि ल्याइएको थियो । कथित महामारीको निहुँमा करोडौं मानिस मारिए । खासमा कथित महामारीले खासै मानिस मर्ने थिएनन् तर जुन प्रोटोकल स्वास्थ्य आतंककारी संगठन (WHO) द्वारा षड्यन्त्र पूर्वक तयार पारियो, त्यो प्रोटोकलका कारण करोडौं मानिसको हत्या गरिएको थियो । त्यसपछि कथित महामारी नियन्त्रण गर्ने निहुँमा अर्को ज्यानमारा अस्त्र फालियो र त्यसलाई खोपको नाम दिइयो । अहिले कथित महामारीले समेत मार्न नसकेका मानिसहरु ज्यानमारा खोपको कारण हिड्दाहिड्दै बस्दाबस्दै हृदयघात भै ठाउँको ठाउँ ढलिरहेका छन् तर त्यसको कुनै अध्यन अनुसन्धान हुँदैन । त्यसको कुनै मिडियाबाजी हुँदैन । त्यस्तो कुराहरू लेखेर पोस्ट गरियो भने तत्काल पोस्ट उड्ने र आइडी नै बन्द हुने डिजिटल टेक्निकल सेक्युरिटी राखिएको छ । मानिसलाई आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रता पनि छैन सामाजिक सञ्जालमा ।

न्यू वर्ल्ड अर्डर मिसन अनुसार एउटै विश्व बनाउनको निम्ति विभिन्न अन्तर्राष्ट्रिय संगठनको अवधारणा ल्याइएको छ । जस्तै: अमेरिकी शक्तिको संरक्षणमा नाटोको युनियनमा रहने, ईस्लामिक शक्ति अरेबियन युनिटीमा रहने, रुस लाई शक्ति केन्द्र मानेर सोभियत संघ अन्तर्गत रहने, उत्तर एसियाली मुलुकहरु चीनको नियन्त्रणमा रहने अनि इन्डिया लाई शक्ति केन्द्र मानेर तथाकथित अखण्ड भारतको नियन्त्रणमा रहने ।

यसरी विश्वलाई पाँच खण्डमा छोट्याए पछि ती पाँच शक्ति केन्द्रको बादशाह चाहिँ एउटै शक्तिकेन्द्र रहने । अर्थात् पाँचै शक्ति केन्द्रको सहभागितामा एउटा “लाल दरबार” रहने । त्यसपछि “सबका मालिक एक !”

यहि कुरा पूरा गर्न अस्ति भर्खर G7 अन्तर्राष्ट्रिय सम्मेलन गरिएको थियो । अखण्ड भारत बन्नको निम्ति इन्डिया भारत बन्न जरुरी थियो । त्यसकारण अस्तिको G7 सम्मेलनमा नरेन्द्र मोदीले आफ्नो देशको नाम परिवर्तन गरेर इण्डिया शब्द खारेज गरेर भारत शब्दलाई अन्तर्राष्ट्रिय मान्यता हुनुपर्ने प्रस्ताव राखेका छन् र त्यो प्रस्ताव पारित भएको छ । इतिहासमै पहिलोपटक नरेन्द्र मोदी बसेको डेस्कमा इण्डिया लेखेको बोर्डको सट्टा भारत लेखेको बोर्ड लगाइएको थियो ।

सो सम्मेलन सम्पन्न भए लगत्तै इन्डियन मिडियाहरुले “अब भारतले ‘विश्वको नयाँ ब्यवस्था’ लिडरसिप गर्नेछ भन्दै ठूलो उपलब्धिका रूपमा ब्याख्या गर्दै प्रचार गरेका थिए । खासमा पश्चिमी शक्तिले आफू नेपथ्यमा बसेर मोदीलाई अगाडी सार्दिएर उसलाई “बलीको बोको” बनाएका थिए ।

त्यसकारण “सबका मालिक एक” चुन्ने अभियानमा नरेन्द्र मोदी पनि एउटा पश्चिमी गोटी हुन् ।

आचार्यको फेसबुक वालबाट साभार

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM