२०८२ माघ २८ गते, बुधबार ०९:०७

आम जनताको शासनका लागि तेस्रो जनआन्दोलनमा प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह तेस्रो जनआन्दोलनको आन्तरिक तयारीमा जुटेका छन् । दलाल दलतन्त्र विरुद्ध तेस्रो जनआन्दोलनको घोषणा गरेका साहले आजै (शनिबार) बिभिन्न चार कार्यक्रममा सहभागि हुदै आम जनताको शासनका लागि जुटन निर्देशन दिए ।

`जनताले लडेर ल्याएको लोकतन्त्र दलतन्त्रले सिध्यायो । आज त्यही दलतन्त्र दुई दलले मिलेर सिध्याउन लागेका छन् । यसको विरुद्धमा हामी एकजुट हुन जरुरी छ´ आजपा अध्यक्ष साहले भने ।

दलाल दलतन्त्र विरुद्ध तेस्रो जनआन्दोलनलाई निर्णायक बनाउँन साहले योजनाबद्ध तरिकाले अगाडी बढिरहेका छन् । विद्यार्थी, श्रमजिवि मजदुर एवं धर्मलाई आफ्नो हतियारको रुपमा प्रयोग गर्न खोजेका साहले यि क्षेत्रको परिचालनमा जुटेका छन् । उनी लगातार युवा विद्यार्थी, मजदुर, धार्मिक कार्यक्रममा सहभागि भईरहेका छन् ।

युवाहरुको बलियो संगठन आईटी आर्मी गठन गरेर अर्धसैन्य अभ्यास गर्दै अगाडी बढेका साहले गत २४ चैत २०८० मा काठमाडौंमा एक बृहत सभा गरेका थिए । २४ चैतमा आम जनताको शासन व्यवस्थाका लागि दलाल दलतन्त्र विरुद्ध ‘तेस्रो जनआन्दोलन’को उदघोष गरेका साहले त्यस यता बैठक, सभा, भेला लगायतका बिभिन्न कार्यक्रम मार्फत दलाल दलतन्त्रले मुलुक समृद्ध हुन नसक्ने बताउँदै आएका छन् ।

शनिबार बिहान ८ बजे आजपाको कोटेश्वर स्थित पार्टी केन्द्रीय कार्यालयमा कवाड व्यवसायीसंग साहले बैठक गरे । सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाले कबाड व्यवसायीलाई दुख दिन थालेपछि उनीहरुलाई साहले साथ दिएका थिए । साहकै सहयोगमा काठमाडौंमा कवाड व्यवसायीले पटक पटक पदर्शन गर्दै आएका छन् ।

यस्तै आजपा अध्यक्ष साहले आजै १२ बजे बोलबम कवरिया संघको कालिमाटी स्थित कार्यक्रममा समेत सहभागि भए । भोलेनाथ बोलबम कवरिया संघको कार्यक्रममा सहभागि भएका साहले आयोजित मोटरसाईकल र्यालीको रिबन काटेर उदघाटन मात्रै गरेनन् । धर्म, संस्कृतिको जर्गेनाका लागि संघर्षमा उत्रिन आह्वन समेत गरे । बिभिन्न समूह एवं अतिवादी समूहहरुबाट हिन्दु धर्ममाथि भईरहेको आक्रमण, विरोधलाई प्रतिकार गर्दै आफ्नो धर्म, संस्कृतीलाई जोगाउँनुपर्ने उनले बताए ।

कवरिया संघको कार्यक्रम सकेर साह आजै जोरपाटी स्थित छिमेकी पार्टी प्यालेसमा आयोजित आजपा निकटको आम ट्रेड युनियन फेडरेसनको काठमाडौं उपत्यका बिशेष भेला कार्यक्रममा सहभागि भए । १ बजे जोरपाटी पुगेका साहले त्यहाँ मजदुरको हकहितका लागि सडक संघर्षमा उत्रिन मजदुरलाई आह्वान गरे । नेपालको उधोग व्यवसाय धरासायी बन्दै गईरहेको र सरकारमा सहभागिहरु भ्रष्टाचारमा डुबेकाले अब मजदुरहरुले ढिला नगरी आन्दोलनमा उत्रिनुपर्ने उनले बताए ।

यसैगरी मजदुरको कार्यक्रम सकेर आजै साढे २ बजे उनी सिनामंगल स्थित सेन्ट्रल कलेज पुगे । सिनामंगलमा आम ईन्जिनियर्स एण्ड टेक्निकल एशोसिएसनको राष्ट्रिय भेलामा सहभागिलाई सम्बोधन गर्दै विद्यार्थीलाई आन्दोलनको तयारीमा जुटन निर्देशन दिए । देशमा भ्रष्टाचार, अनियमितता, कुशासन बढदै गएको बताउँदै साहले बंगलादेशबाट पाठ सिकेर भ्रष्टाचारीलाई जहाँदेख्यो त्यही कारवाही गनुपर्ने बताए ।

अहिले नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई दलीय सिण्डीकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी साहले गरे । एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेट तोड्न अब बिद्यार्थी, मजदुर, व्यवसायी सहितकाले सामुहिक रुपमा सडक संघर्षमा उत्रिनमा ढिलाई गर्न नहुने बताए ।

आजपा अध्यक्ष साहले जनताको शासन स्थापित गर्न र लोकतन्त्र जोगाउँनका लागि सडक संघर्षको बिकल्प नभएको बताए । दलीय सिण्डीकेट तोड्नका लागि तेस्रो जनआन्दोलन आवश्यक रहेको बताउँदै उनले भने, ‘एक त देशमा लोकतन्त्र नै छैन् । लोकतन्त्र देखाउँने दाँत मात्रै छ । दलतन्त्र रहेको अवस्थामा यो एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेटले अब लोकतन्त्रसंगै दलतन्त्र समेत खतरामा परेको छ । यसले मुलुकमा थप संकटको संकेत गरेको छ ।’

लोकतन्त्र बचाउँनका लागि कांग्रेस र एमालेसंग जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने समेत उनले बताए । आम निर्वाचनमा छुटाछुटै गठबन्धनबाट सहभागि भएका कांग्रेस र एमालेले जनतासंग भोट माग्ने बेलामा एउटा प्रतिबद्धता गरेको तर उनीहरु आफ्नै प्रतिबद्धता विपरित सत्तास्वार्थमा डुबेकाले जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने उनले बताए ।

‘के भोट माग्ने बेलामा एमालेले कांग्रेसको नेतृत्वमा सरकार बनाउँछौ भन्या थियो ? के कांग्रेसले एमालेको नेतृत्वमा सरकार बनाउँछु भन्या थियो ? तर आज के भईरहेको छ, संघदेखी प्रदेशसम्म उनीहरुले आफ्नै प्रतिबद्धता विपरिति काम गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरुले जनताको भोट फिर्ता गर्नुपर्दैन् ?’ साहले प्रश्न गरे ।

अहिलेको लुटकारी व्यवस्थाले जनता निराश, आजित भएको बताउँदै उनले आम जनताको शासन स्थापित गर्नुपर्ने बताए । कांग्रेस र एमालेको गठबन्धनले भ्रष्टाचारीलाई संरक्षण गर्दै मुलुकलाई लुटने काममा लागेको आरोप उनले लगाए ।

यसैबीच जोरपाटीमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेताहरू आजपामा प्रवेश गरेका छन् । नेकपा ( मातृभुमी) का केन्द्रीय संयोजक गणेश गोतामे, नेकपा ( एमाले ) भोजपुरका नेता राजकुमार आलेमगर, एमालेकै तेह्रथुमका नेताहरु प्रकाश अधिकारी, दिपक भित्रीकोटी लगायत नेताहरु आजपामा प्रवेश गरेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM