२०८२ असार २० गते, शुक्रबार ११:२४

पेरिस ओलम्पिकमा प्रिन्सको अन्तिम खेल आज

१६ साउन, काठमाडौं । नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहालले फ्रान्समा जारी पेरिस ओलम्पिकमा आज समूह चरणको अन्तिम खेल खेल्दैछन् ।

मेन्स सिंगल्सअन्तर्गत समूह पी मा रहेको प्रिन्सले इजरायलका मिसा जिल्बरम्यानसँग आज खेल्नेछन् । यसअघि समूहको दुवै खेलमा पराजित भएका प्रिन्सका लागि आजको खेलको प्रतिष्ठाको खेल समेत हुनेछ ।

पहिलो पटक ओलम्पिक खेलिरहेका उनी पहिलो जितसहित ओलम्पिक यात्रा सकाउने लक्ष्यमा छन् । प्रिन्स विश्व वरियताको १७२औं स्थानमा छ भने मिसा ५८औं स्थानमा छ । यसअघि प्रिन्स विश्वकप नम्बर दुई भिक्टोर एक्सेल्सन रएनहात गुएनसँग २-० ले पराजित भएका थिए ।

नेपालले पहिलो पटक ओलम्पिकमा ब्याडमिन्टनमा सहभागिता जनाएको हो ।

पेरिस २०२४ मा नेपालबाट ७ खेलाडी सहभागी भएकोमा ५ खेलाडीको खेल सकिसकेको छ । पौडीका एलेक्जेन्डर शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्नु बाहेक पाँचै खेलाडी पहिलो चरणबाटै बाहिरिए ।

अब प्रिन्स बाहेक एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठको स्पर्धा बाँकी छ । सन्तोक्षीले अन्तिम दिन अगष्ट ११ मा महिला म्यारथनमा प्रतिस्पर्धा गर्नेछिन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM