२०८३ बैशाख २२ गते, मंगलवार ०१:५५

एक महिनामै सेयर मूल्य ५० प्रतिशतभन्दा धेरै बढेका यी ४ कम्पनी 

६ साउन, काठमाडौं । पछिल्लो एक महिनामा समग्र सेयर बजार १७.२१ प्रतिशत बढेको छ । असार ६ गते नेप्से परिसूचक २०६८ अंकमा रहेकोमा साउन ६ गते २४२४ अंकमा पुगेको छ । नेप्से परिसूचक १७ प्रतिशत बढ्दा ४ कम्पनीको मूल्य भने ५० प्रतिशतभन्दा धेरै बढेको छ ।

मन्दाकिनी हाइड्रोपावरको मूल्य एक महिनामा ५१ प्रतिशत बढेको छ । त्यस्तै नेपाल फाइनान्सको ५१.५, गणपति माइक्रोफाइनान्सको ५८ तथा सिक्लेस हाइड्रोपावरको मूल्य ६७ प्रतिशत बढेको छ । विगत एक महिनामा सबैभन्दा धेरै मूल्य बढ्नेमा यीनै ४ कम्पनी रहे ।

एक महिनामा मन्दाकिनी हाइड्रोपावरको मूल्य प्रतिकित्ता २३५ रुपैयाँ बढेर ७०० रुपैयाँ पुगेको छ । त्यस्तै नेपाल फाइनान्सको ३३९ रुपैयाँ बढेर ९९७.८० पुगेको छ भने गणपति माइक्रोफाइनान्सको ७६३ रुपैयाँ बढेर २०७५ रुपैयाँ मूल्य कायम भएको छ । एक महिनामा सिक्लेस हाइड्रोपावरको मूल्य प्रतिकित्ता ३९१ रुपैयाँ बढेर ९७२ रुपैयाँ कायम भएको छ ।

यी ४ कम्पनीसहित एक महिनामा मूल्य उच्च दरमा बढेका टप १० कम्पनीमा माथिल्लो मैलुङखोला (४२ प्रतिशत), आरम्भ चौतारी लघुवित्त (४२ प्रतिशत), सेन्ट्रल फाइनान्स (३९ प्रतिशत), गुहेश्वरी मर्चेन्ट फाइनान्स (३५ प्रतिशत), आँखुखोला जलविद्युत् (३५ प्रतिशत) र जानाकी फाइनान्स (३५.३) प्रतिशत रहे ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM