२०८३ बैशाख २८ गते, सोमबार १०:२०

कुमारी बैंककी कर्मचारी हुण्डी कारोबारको आरोपमा पक्राउ

काठमाडौं। हुण्डीको कारोबार गरेको अभियोगमा नेपाल प्रहरीले कुमारी बैंककी कर्मचारी तृप्ती राणालाई पक्राउ गरेको छ।

काभ्रेको धुलिखेल निवासी राणालाई प्रहरीले दुई करोड हुण्डीको रकम आफ्नो खातामा ट्रान्सफर गरेको अभियोगमा  पक्राउ गरेको हो ।

तृप्तीले बैंकबाट खोलिएको तलब खाताको अनुचित प्रयोग गरी दुई करोड रुपैयाँ हुण्डीको रकम कारोबार गरेको देखिएको भन्दै बैंकले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौं परिसरका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताएका छन् ।

बैंकले राणाले पटकपटक ठूलोमात्रामा रकम जम्मा गर्ने र झिक्ने गरेको देखिएकोले गैरकानुनी रुपमा हुण्डीको कारोबार गरेको भन्दै आफ्नै कर्मचारीविरुद्ध उजुरी दिएको हो।

राणा बैंककी कर्मचारी युनियनकी नेतृ समेत रहेका कारण बैंक प्रशासनले फसाउनका लागि झुठो उजुरी दिएर फसाएको पनि दाबी गरिएको छ।

राणालाई सोमबार थापाथलीबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप समेत गरिसकिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM