Thursday, July 25, 2024
घरक्राइम चेककाठमाडौं परिसर र उपत्यका अपराध अनुसन्धानको कार्यालय सर्दै

काठमाडौं परिसर र उपत्यका अपराध अनुसन्धानको कार्यालय सर्दै

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको अफिस सर्ने भएको छ । परिसरको भद्रकाली र अपराध अनुसन्धान कार्यालयको टेकुमा सर्न लागेको हो ।

परिसरको भवन करिब एक अर्बको लागतमा निर्माण सम्पन्न भएको छ । आगामी २६ असारमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सो भवनको उद्घाटन गर्ने र त्यही दिन प्रहरी सर्ने तयारी छ ।

परिसर हाल टेकुस्थित नेपाल आयल निगमको भवनमा छ । साथै, परिसर नयाँ भवनमा सरेसँगै उसको कार्यालय रहेको टेकुस्थित कार्यालयमा अपराध अनुसन्धान कार्यालयलाई राख्ने प्रक्रिया अघि बढेको छ । अपराध अनुसन्धान कार्यालय हाल मिनभवनमा भाडाको घरमा छ । उसको पनि नयाँ भवन टेकुमा निर्माण भइरहे पनि ढिलाइ भएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -