Thursday, July 18, 2024
घरसमाचारखेलकूदटी- २० विश्वकप फाइनल : भारतले टस जितेर पहिला ब्याटिङ गर्दै

टी- २० विश्वकप फाइनल : भारतले टस जितेर पहिला ब्याटिङ गर्दै

काठमाडौं/भारतले टी- २० विश्वकपको फाइनलमा टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।

बरबाडोसमा हुन लागेको यस फाइनलमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । योसँगै दक्षिण अफ्रिकाले पहिला बलिङ गर्ने भएको छ ।

भारत २०१४ पछि पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ भने दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ ।

फाइनल खेलका लागि दुवै देशले सेमिफाइनलमा खेलेको टिमलाई नै निरन्तरता दिदै टिममा कुनै परिवर्तन गरेका छैनन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -