Thursday, July 18, 2024
घरसमाचार'विनियोजन विधेयक - २०८१' प्रतिनिधि सभाबाट पारित

‘विनियोजन विधेयक – २०८१’ प्रतिनिधि सभाबाट पारित

काठमाडौँ – आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रतिनिधिसभाबाट पारित भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो।

अर्थमन्त्री वर्षमान पुनले बैठकमा विनियोजन विधेयक – २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाए ।

सांसदहरुको समर्थनसँगै सभामुख देवराज घिमिरेले विनियोजन विधेयक – २०८१ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरेका थिए।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -