२०८२ माघ १७ गते, शनिबार १३:१०

सांसद प्रदीप पौडेल र बालेनबीच भेटघाट

काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बिहीबार भेटघाट भएको छ।

भेटघाटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधबार प्रतिनिधि सभामा दर्ता गरेको संकल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौं क्षेत्र नम्बर ५ को विषय, महानगरको आगामि आर्थिक वर्षका लागि तय हुने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएको नेता पौडेलले जानकारी दिए।

भेटमा चक्रपथ निर्माण अलपत्र भएको अहिलेको अवस्थामा तत्काल तीनै तहका सरकार गम्भीर हुनु पर्ने र आवश्यक परेमा नेपाल सरकारले मात्र भए पनि यसको निर्माण समयमा नै सक्नु पर्ने विषयमा यी दुई नेताबीच छलफल भएको हो। बुधबार प्रतिनिधि सभामा पौडेलले लगेको संकल्प प्रस्तावमा पनि चीन र नेपालबीच भएको सम्झौताअनुसार काम नहुने हो भने नेपाल सरकार स्वयंले चक्रपथको कलंकी धोवीखोला खण्ड निर्माण गरिहाल्नु पर्ने प्रस्ताव गरिएको छ।

भेटमा पौडेल र बालेनबीच काठमाडौं महानगरपालिकाको आगामि नीति तथा कार्यक्रम र प्राथमिकताहरुका बारेमा पनि छलफल भएको थियो। टुकुचा व्यवस्थापन, सामाखुसी खोला व्यवस्थापन, धनवन्तरी खहरे खोला व्यवस्थापन, काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने ढल तथा सडक व्यवस्थापनको कार्य प्राथमिकतामा राखेर अगाडि बढ्ने छलफल भएको पनि नेता पौडेलले जानकारी दिए।

त्यस्तै काठमाडौं महानगरपालिका र क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने सार्वजनिक जग्गाको अतिक्रमण रोक्दै त्यसलाई संरक्षण गर्दै सार्वजनिक हितका लागि प्रयोगमा ल्याउने विषयमा पनि दुई ताबिच पौडेल र छलफल भएको छ। ‘हामीबीच समस्त काठमाडौं महानगरपालिका तथा महानगरपालिकामा पर्ने क्षेत्र नम्बर ५ लाई थप सुविधासम्पन्न तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको हो,’ पौडेलले भने।

 

समाचार र फोटोः डिसीनेपालबाट

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d rajamania beb88 sritoto wongsobet
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM