२०८३ जेष्ठ ३ गते, आईतवार ०६:१६

सन्दीप लामिछानेको विश्वकपमा सहभागिता आज तय हुने

काठमाडौँ – नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको विश्वकप सहभागिताको आज तय हुँदै छ ।
बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएसँगै उनलाई क्यानले विश्वकप टोलीमा समेट्ने जनाए पनि भिसा प्रक्रियामा अमेरिका उदार नहुँदा उनको सहभागिता अन्योलमा रहेको छ।
सन्दीपलाई यसअघि अमेरिकी दूतावासले ९ जेठमा भिसा दिन अस्वीकार गर्दा उनको टोलीमा सहभागिता अनिश्चित रहेको थियो। तर सरकारको पहलमा उनलाई पुनः आज अमेरिकी दुतावासले ४ बजेका लागि अन्तर्वाता दिन बोलाएको छ।
स्रोतका अनुसार दूतावासले भिसा दिएमा उनलाई जतिसक्दो चाँडो अमेरिका पठाउने तयारी गरिएको छ। ‘जतिसक्दो चाँडो सन्दीपलाई पठाउनका लागि निरन्तर टिकटहरु होल्ड गर्दै आएका छौँ। आज दूतावासले सन्दीपलाई बोलाएकाले सम्भवत उनले भिसा पाउने छन्,’ स्रोतले भन्यो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM