काठमाडाैँ- काभ्रेकाे साँगामा ७ वटा सवारी साधन एकैपटक ठाेकिँदा २ जना घाइते भएका छन।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुधबार दिउँसाे करिब ४ बजेकाे समयमा काभ्रेकाे बनेपा नगरपालिका १३ साँगामा सडक छेउमा रोकी राखेको ट्याङ्करमा ६ सवारी ठाेकिँदा २ जना घाईते भएका हुन्।
साँगाको पुतली रिसोर्ट अगाडि हाईवेको साईडमा रोकी राखेको बा.प्र.-०१००३ क ९९४५ नं. को ट्याङ्करसँग साँगाबाट बनेपा तर्फ आईरहेको बा.६३ प ७ नम्बरको माेटरसाइकल, बा.प्र.-०२-०४४ प ०५७३ नम्बरको स्कुटी, सोही दिशाबाट आईरहेको बा. ७ च ४५३७ नम्बरको कार सोही ट्याङ्करमा गई ठोकिएको हाे। यस्तै बा.प्र.-०१-०२६ च ९२३९ नम्बरको योद्धा गाडी कारमा गई ठोकिएको, बासीओ १२३ नम्बरको कार योद्धा गाडीमा गई ठोकिएको र ना.७ ख ५४१ नम्बरको मालबाहक ट्रक गई सोही कारमा गई ठोकिएकाे प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार घाईतेकाे शिरमेमोरियल अस्पताल बनेपामा उपचार भइरहेकाे छ।
ट्याङ्कर र मालबाहक ट्रक बाहेक सबै सवारी साधनमा क्षति भएको प्रहरीले जनाएकाे छ।
घाइते हुनेमा काभ्रेकाे पनौती नगरपालिका २का माेटरसाइकल चालक प्रकाश सापकोटा र साेहि जिल्लाकै बनेपा नगरपालिका ५ का स्कुटीमा सवारी १८ कि देविना कर्मचार्य रहेका छन्।
घाइते प्रकाशकाे मुख,च्यापु,घाँटी काटिएको छ भने देविनाकाे बाँया खुट्टामा चोट सामान्य चाेट लागेकाे प्रहरीकाे भनाइ छ।