काठमाण्डौ/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई काठमाण्डौ महानगरका प्रमुख बालेन्द्र साहले उपहार स्वरुप एक ट्रक फोहोर पठाएका छन्।
मन्त्री महासेठलाई फोहोर पठाएर सामाजिक संजाल फेसबुकमा एउटा सन्देश पनि पठाएका छन्, बालेनको सन्देश यस्तो छ :
माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यू !
तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदूषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।
यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर सुइकार्नु होला ।
हेर्नुहोस् भिडियो