पुरस्कार वितरणका लागि मापदण्ड बनाउन केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकोटेको संयोजकत्वमा केन्द्रीय सदस्य जगत राई र जिल्ला अध्यक्ष दीपक गौतम सदस्य रहनेगरी समिति बनाएको छ । समितिले मादण्ड बनाएर पुरस्कार छनोट समितिलाई बुझाई सकेको संयोजक पिठाकोटेले जानकारी दिनुभयो ।
त्यसैगरी पुरस्कार छनोटका लागि केन्द्रीय प्रतिनिधि सन्तोष पौडेलको संयोजकत्वमा सचिव शिवनाथ यादव र सदस्य अजित भुजेल रहेको छनोट समिति बनाएको छ । समितिले आज सम्ममा व्यक्ति छनोट गरेर पुरस्कारका लागि सिफारिस गर्ने छ । पुरस्कारको राशी २१-२१ हजारको रहने छ । पुरस्कार जेठ १२ गते वितरण गरिने जिल्ला सचिव शिवनाथ यादवले जानकारी दिनुभयो ।