२०८३ बैशाख ७ गते, सोमबार २१:४३

चालकलाई रिहा नगरेसम्म सिंहदरबार र नेताको घरको उठाउँदैनौँ : बालेन

काठमाण्डौ/ काठमाण्डौ महानगरका प्रमुख बालेन्द्र साहले प्रहरीले पक्राउ गरेका महानगरका कर्मचारी (ड्राइवर)लाई रिहा नगरेसम्म सिंहदरबार लगायत कुनै पनि नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्।

महानगर प्रमुख बालेनले केहि बेर अघि सामाजिक संजाल फेसबुकमा एउटा पोस्ट लेख्दै यस्तो चेतावनी दिएका हुन्।

बालेनले लेखेका छन्, :”भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले ।

जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन ।

को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन!”

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM