२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:३६

श्रीकेश तेल: “लोभलाग्दो विज्ञापन भित्र ठगी धन्दा, कपाल उमार्दैन, पैसा खेर जान्छ”

काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा कार्यालय खडा गरि झरेको कपाल पलाउँछ भन्दै विज्ञानलाई चुनौती दिइरहेको छ, सप्तऋषि आर्युवेद । सप्तऋषिले दुनियाँलाई बेकुफ बनाउँदै प्रचार प्रसारमा व्यस्त छन् । श्रीकेश तेलका नाममा झरेको कपाल पलाउँछ भन्दै विज्ञापन गरिरहेको छ ।

सप्तऋषि आर्युवेदले केश सम्बन्धी मात्र काम गर्ने मात्र नभई छाला तथा सौन्दर्य सम्बन्धी, पेट सम्बन्धी, मलद्वार, मोटोपन, सुगर, कोलेस्ट्रोल, प्रेसर जस्ता दीर्घरोगहरु, हाड जोर्नी, यौन तथा शारीरिक दुर्बलता, पिसाब सम्बन्धी समस्याको उपचार गर्ने भन्दै प्रचार गरिएको पाइन्छ ।

सप्तऋृषि आयुर्वेदले खुलेआम सर्वसाधारणहरुलाई ठगी गरिरहेको छ तर उपभोक्ता हकहितका लागि खुलेका दर्जनौँ उपभोक्तावादी संघ संस्था, उपभोक्तासँग सरोकार राख्ने सरकारी निकायहरू कानमा तेल हालेर बसिरहेका छन् ।

यसैलाई लिएर केहि व्यक्तीले प्रश्न पनि गरेका छन् । राम दुंगाना भन्छन्- ‘विश्वका अर्बपती धनाढ्यहरू धेरैको कपाल छैन । के उनीहरूले प्राकृतिक रुपमै कुनै प्रोडक्ट लगाएर कपाल उम्रिएको थाहा पाएमा भनेजति पैसा तिरेर त्यस्ता सामान किन्ने थिएनन् होला र ?’

यसै सन्दर्भमा राम ढुँगानाले सामाजिक संजाल फेसबुकमा लेख्नु भएको प्रतिक्रिया जस्ताको तस्तै:

टाउँकोको कपाल झरेर टाउँको कपाल बिहिन भएकाहरुको कपाल उमार्ने भनेर प्रचार गरिएको श्रीकेश तेलले गरेको विज्ञापनमा जस्तो कसैको पनि वास्तविक रुपमा कपाल पलाएको छैन।केही मानिसहरुले आफ्नो टाउँकोमा उम्रिएका दश-बीस वटा मसिना रौं देखाएर पनि प्रचार गरिरहेका छन्।त्यो रौंहरु यत्तिकै पनि आउँछ।त्यस किसिमका कपाल बढेर खासै ठूलो पनि हुँदैन र मानिसको सौन्दर्यमा पनि खासै फरक पर्दैन।

संसारका विकसित-धनी देशमा कपाल पुनः उमार्न सकिन्छ कि भनेर ठूला कम्पनी र बिज्ञहरुले लामो समय खर्चिएर गहिरो अनुसन्धान पनि गरेकै होलान्।किनकी कपाल उमार्न सकिने तेल,क्रिम या खाने औषधी बनाउँन सकेमा त्यस्तो product
बनाउँने,ब्यक्ति या कम्पनी रातारात अर्बपती हुने पक्का छ।किनकी मानिसहरु कपाल नभएर गुमेको सौन्दर्य र आत्मविश्वास फर्काउँन जति महँगो भएपनी त्यस्ता product किन्छन् नै।

विश्वका अर्बपती धनाढ्यहरू धेरैको कपाल छैन।के उनीहरूले प्राकृतिक रुपमै कुनै product लगाएर कपाल उम्रिएको थाहा पाएमा भनेजती पैसा तिरेर त्यस्ता product किन्ने थिएनन् होला ? कपाल सजिलै उम्रिने भरपर्दो product बजारमा अहिलेसम्म बनेको छैन।त्यसैको विकल्पमा अनुसन्धानकर्ताहरुले कपाल प्रत्यारोपण प्रयोगमा ल्याएका हुन्।यो चाँहि कपाल उमार्न लगभग सफल भएको विधी हो।

कपाल प्रत्यारोपण गरिएका मानिसहरुको कपाल उम्रिएपछि before-after भनेर कपाल रोप्नु अघि र कपाल पलाईसकेको अवस्थामा hair transplant गर्नेहरुले विज्ञापन गर्छन्।
श्रीकेश तेलले अहिले सम्म त्यस्तो विज्ञापन कहिकतै गरेको छ ?

मेरो कपाल झर्न शुरु भएपछि श्रीकेश तेलको जस्तै विज्ञापन देखेर धेरै पैसा यस्ता बेकारको product किनेर सक्काएँ।म ठगिएँ।म जस्तै ठगिनु होला भनेर सचेत गराएको हुँ।श्रीकेश तेल लगाएका कोही आफ्ना नजिकका र चिनजानका मानिसको बाक्लै कपाल आएको छ भने मात्र प्रयोग गर्नु होला।

नभए टाउँकोमा पलाएको दुईचार वटा रौंले मानिसको सौन्दर्यमा खासै ठूलो फरक पर्दैन।यस्तो दश-बीस वटा रौं टाउँकोमा हुनु भन्दा चिल्लै भएको राम्रो बरु।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM