२०८२ माघ २८ गते, बुधबार ०८:२५

जर्नेलहरूको जन्म मिति कीर्तेले बदनाम हुँदै नेपाली सेना 

काठमाडौं । एकपछि अर्को उच्च पदस्थ सैनिक अधिकारीहरू जन्म मिति विवादमा मुछिन थालेपछि नेपाली सेना नै बदनाम हुन पुगेको छ । सेना जस्तो उच्च अनुशासनमा चल्नुपर्ने संगठनमा जन्म मिति नै कीर्ते हुने विषयले सेनाप्रति नागरिकमा नकारात्मक धारणा बढ्दै गएको छ ।

पछिल्लो समय रथी अशोक सिग्देलमाथि जन्म मिति कीर्तेमा अनुसन्धान भइरहेको छ । सिग्देल तीन महिनाअघि सैनिक नेतृत्वमा पुग्ने अधिकारी हुन् । उनले दुई वर्ष जन्म मिति सच्याएको विषयमा प्रमाणसहित विभिन्न निकायमा उजुरी परेपछि यो विषय टुंगो नलगाई उनलाई सैनिक नेतृत्व सुम्पँदा सेना थप बदनाम हुने अवस्था छ ।

‘जन्म मिति विवादमा भोलि प्रधानसेनापति नै बर्खास्त हुने अवस्था आयो भने सेनाको मनोबल के हुन्छ,’ एक सैनिक अधिकारी भन्छन्,‘त्यस कारण यो विषयमा छिटो छानविनबाट टुंगो लगाउनुपर्छ ।’ हाल गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको विषयमा छानविन गरिरहेको छ ।

सिग्देलको वास्तविक जन्ममिति २०२१-१२-१९ भएकोमा पछि २०२३-१०-१९ बनाइएको प्रमाण बाहिर आएका छन् ।

रुपन्देहीको सिद्धार्थनगर–६ स्थायी घर भएका सिग्देलले सुरुमा रुपन्देहीबाटै नागरिकता लिएकोमा पछि जाजरकोट जिल्लाबाट नागरिकताको प्रतिलिपि बनाएका थिए । जन्ममिति सच्याउनकै लागि जाजरकोट बसाई सरेर उनले नयाँ नागरिकताको प्रतिलिपि लिएको स्रोत बताउँछ ।

सिग्देलले अध्ययन गरेको सुपिङ क्याम्पसको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेख दर्ता नम्बर ७०४–८४ मा जन्ममिति २०२१ साल नै उल्लेख छ । पछि अभिलेखमै कीर्ते गरेर जन्ममिति सच्याएको प्रस्ट देखिएकाले पनि यो विषय गम्भीर छ ।

सिग्देलले २०३९ सालको ८ फागुनमा प्रवेशिका परीक्षा दिएका थिए ।

त्यसमा पनि जन्ममिति २०२१ नै रहेको छ । नेपाली सेनामा व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रहरूमा फरक फरक जन्ममिति भएमा जून मितिबाट पहिला अवकाश हुन्छ त्यही मितिका आधारमा अवकाश दिने प्रावधान छ । जसअनुसार उनले यसअघि नै अवकाश पाइसक्ने अवस्थामा सैनिक नेतृत्वको दाबी गरिरहेका छन् ।

यसअघि ताराध्वज पाण्डे रथीमा बढुवा सिफारिस भइसकेपछि राजीनामा दिन बाध्य भएका थिए । यसअघि उपरथी प्रेम शाही त यस्तै घटनामा पक्राउ नै परेका थिए । त्यस्तै, रथीहरू हेम खत्री, गणेश कार्की, कृष्ण गुरुङ, ज्ञानेन्द्र रायमाझी, शैलेन्द्रशमशेर थापा लगायत सैनिक अधिकारीहरूमाथि जन्ममिति विवादमा छानविन भई कारबाहीमा परेका थिए ।

हाल रथी नै छानविनमा परेपछि यो विषयले सिंगो संगठन नै बदनाम हुँदै गएको छ । उस्तै प्रकरणमा शक्तिशालीलाई छानविन नगर्ने र पहुँच नभएकालाई बर्खास्त गर्ने सैनिक कार्यशैलीका कारण यो विषयले सेनालाई थप कमजोर समेत बनाउँदै लगेको छ । अनलाइन नेपाल

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM