२०८३ जेष्ठ ४ गते, सोमबार १३:४३

भन्सार नाकामा सशस्त्र प्रहरीको सास्ती, सिडियोलाई ध्यानाकर्षण

वीरगंज/स्वतन्त्र मानव अधिकार समाज, केन्द्रिय कार्यालय वीरगंजले सोमवार पर्सा जिल्ला प्रशासन कार्यालयका प्रजिअ दिनेश सागर भुषाललाई भेट गरी वीरगंज भन्सार कार्यालयमा भई रहेको असहजता कार्य प्रति ध्यानाकर्षण गराएको छ । वीरगंज भन्सार कार्यालयमा सशस्त्रका प्रहरीहरुले चेकजाँचको नाममा कडा घाममा झण्डै एक घण्टा जति लाईनमा उभ्याएर नागरिकहरुलाई शास्ती दिई रहेको हुँदा त्यस्ता गतिविधिलाई सहजताको साथ कायम गराई दिनु हुन आग्रह गर्दै पत्रमा उल्लेख गरेको छ ।

सोही प्रकार नारायणी उपक्षेत्रिय अस्पतालमा समय मै उपचारको लागि गएका विरामीहरुले सम्बन्धीत डाक्टरहरुलाई भेटन नसक्दा विरामीहरु दिनहु जसो प्रभावित हुन थालेपछि त्यस विषयमा पनि प्रजिअ भुषालको ध्यानाकर्षण गराईएको छ । पर्सा जिल्ला प्रशासन कार्यालयमा हुने सामाजिक गतिविधिको सम्बन्धमा समाजका पदाधिकारीहरुलाई पनि समय मै सूचना सम्प्रेषण गर्न लगाई दिन हुन समेत प्रजिअ भुषाललाई आग्रह गरिएको छ । नारायणी उपक्षेत्रिय अस्पतालमा रात्रिको समयमा आकस्मीक कक्षमा खोजेको समय डाक्टरहरु भेट नहुने परिपाटिको अन्त्य गर्दै सुधार गर्न समेत प्रजिअ भुषालसँग अनुरोध गरिएको छ ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरीबल १३ नम्बर गणका प्रहरी नायब उपरिक्षक चन्द्र कुमार थापा, नारायणी उपक्षेत्रिय अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट चित्ररन्जन साह, नारायणी विकास समितिका अध्यक्ष धिरज गुप्ता, नारायणी अस्पतालका अनमी हेमा थापा लगायतको सहभागिता रहेको थियो । समाजका सभापति कृष्ण कुमार खनालको संयोजकत्वमा गएको टोलीमा उपसभापति नन्दी किशोर यादव, महासचिव दिपक साह कानु, सचिव आशिष कुमार, कोषाध्यक्ष उर्मिला कुशवाहा, सह-कोषाध्यक्ष रामभरोस यादव, केन्द्रिय सदस्य सोनालाल गुप्ता, लालबाबु गुप्ता तथा सहयोगी सुन्दर कुमार चौधरी लगायतका रहेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM