२०८२ माघ २४ गते, शनिबार ०१:४३

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। यसअघि केही देश बाहेकलाई भारतबाट प्याज निर्यात गर्न रोकिएको थियो।

भारतले बंगलादेश, युएई, भुटान, बहराइन र मरिससमा मात्रै प्याज निर्यातको अनुमति थियो। प्रतिबन्धको असर नेपाली बजारमा पनि परेको थियो।

निर्यात गर्न खुला गरिए पनि ‘मिनिमम एक्सपोर्ट प्राइस’ भने ४५ हजार ८०० भारतीय रुपैयाँ (७३ हजार १३६ नेपाली रुपैयाँ) प्रति मेट्रिक टन हुनुपर्ने नरेन्द्र मोदी नेतृत्वको सरकारले आज सूचना जारी गरी जनाएको हो। यसको अर्थ अब भारतबाट निर्यात हुने प्याजको न्यूनतम मूल्य प्रति टन ७३ हजार रुपैयाँ हुनुपर्नेछ।

प्रतिबन्ध फुकुवा र न्यूनतम मूल्य आजबाट नै लागू भएको छ। गत डिसेम्बरमा प्याजको मूल्य बढेपछि त्यसको निर्यातमा प्रतिबन्ध लगाइएको थियो। गत वर्ष अक्टोबरदेखि भारतमा प्याजको मूल्य बढेको थियो।

यस्तै, गत प्याजमा ४० प्रतिशत निर्यात करसमेत भारत सरकारले लिने निर्णय गरेको थियो। सो निर्यात कर भने यथावत् नै छ।

हाल भारतमा लोकसभा निर्वाचन भइरहेको छ। यो निर्यात फुकुवालाई निर्वाचनसँग पनि जोडिएर हेरिएको छ। तेस्रो चरणदेखि भारतमा धेरै प्याज उत्पादन हुने राज्यमा निर्वाचन हुँदैछ। महाराष्ट्र, मध्य प्रदेश, राजस्थान र कर्नाटकको धेरै प्याज कृषक भएको क्षेत्रमा निर्वाचनको तयारी छ।

प्याज कृषकहरूको कुरा नसुनेको भन्दै विपक्षी दलहरूले मोदी सरकारको आलोचना गरिरहेको थियो। साथै, प्याज धेरै उत्पादन हुने क्षेत्रका कृषक पनि सरकारले लगाएको प्रतिबन्धबाट खुसी थिएनन्। उनीहरूले प्रतिबन्ध हटाउन माग गरिरहेका थिए। त्यसैले निर्वाचन अघि कृषकलाई आकर्षित गर्न प्रतिबन्ध फुकुवा गरिएको समेत विश्लेषण गरिएको छ।

यता, विपक्षी दलहरूले भने निर्वाचन संघारमा आइपुग्दा प्रतिबन्ध हटाएर त्यसले कृषकलाई फाइदा नहुने भन्दै भारतीय जनता पार्टीलाई जनताले मतबाट जवाफ दिने दाबी गरिरहेको छ।

भारतमा अर्थ राजनीतिमा प्याज निकै ठूलो बहसको विषय हो। यसअघिका लोकसभा निर्वाचनमा पनि ‘प्याज’ माथि ठूलै बहस हुने गरेको थियो। सन् १९८० मा इन्दिरा गान्धीले लोकसभा निर्वाचनलाई ‘ओनीयन इलेक्सन’ नै भनेकी थिइन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM