वीरगंज/वीरगंज भंसारमा खटिएको सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको रकम सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नेपाल (वीरगंज)बाट भारत रक्सौल तर्फ जाँदै गरेको भारतीय बीआर ०५ ए जेड ७५७४ नम्बरको मोटरसाइकलमा सवार भारत रक्सौल स्थायी घर भएका एक ४० वर्षीय भारतीय नागरिकको साथबाट तीन लाख ३६ हजार नेपाली रुपैयाँ फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेक्वा पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले बताउनु भयो।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म वीरगंजले बरामद नगद, मोटरसाईकलसहित पक्राउ परेका ती नागरिकलाई आवश्यक कारवाही कालागि वीरगंज भंसारमा बुझाएको प्रनाउ सिंहले बताउनु भयो।
बंगलादेशमा आज आम निर्वाचन, मतदान जारी
एजेन्सी । सन् २०२४ मा भएको जनविद्रोहपछि तत्कालीन प्रधानमन्त्री शेख















