२०८२ माघ २८ गते, बुधबार ०८:४४

जातिवाद सत्य हो कि ठगी धन्दा ? यस्तो छ प्रामाणिक सत्य 

– गोपाल पाल्पाली आचार्य 

*के नेपालमा वास्तवमै जातिवाद छ कि विगत ७२ वर्ष देखि जातिवादको नाममा ठगी धन्दा चलाइएको छ ?

*जातिवाद कहाँ छ ? लौ उत्तर दिनुस्-

स्कुलमा छ ? जातको आधारमा बच्चाहरु भर्ना भैरहेका छन् ?

“छैन”

कलेजमा छ ?

“छैन”

ट्युसनमा छ ?

“छैन”

अस्पतालमा छ ?

“छैन”

प्राइभेट जागीरमा छ ?

“छैन

मोबाइल किन्दा छ ?

“छैन”

सिमकार्ड किन्दा छ ?

“छैन”

अनलाइन सपिङ गर्दा वा सुपरमार्केटमा किनमेल गर्दा ?

“छैन”

बैंक अथवा सहकारी संस्था तिर ?

“छैन”

कुनै पनि ब्यापार ब्यवसाय अथवा ब्यक्तिगत काममा छ ?

“छैन”

किराना पसल, कपाल काट्ने सैलुन वा ब्युटी पार्लर, दुध डेरी, कपडा पसल, भाँडा पसल, तरकारी तथा फलफूल पसलमा छ ?

“छैन”

बिग मार्ट वा सपिङ मलमा छ त ?

“छैन”

फिलिम हल तिर ?

“छैन”

होटल, रेष्टुरेन्ट देखि चिया पसल, भट्टी पसल, मासु पसल कतैतिर छ त ?

“छैन”

होस्टेलमा छ ?

“छैन”

बस, ट्याक्सी, अटो रिक्सामा छ कि प्लेनमा छ ?

“छैन”

मोटर, कार, घर, घडेरी किनबेच गर्दा छ त ?

“छैन”

मसानघाटमा छ ?

“छैन”

फलफूल तथा तरकारी मण्डीमा कसैले जात सोधेर तरकारी किनमेल गरिरहेको छ ?

“छैन”

रोधी घर वा डिस्को बार तिर जात सोधेर इन्ट्री गर्ने सिस्टम छ ?

“छैन”

पार्टी प्यालेसमा छ ?

“छैन”

चाडपर्व मनाउन जातको आधारमा निषेध गरिएको छ ?

“छैन”

 

त्यसोभए कहाँ छ त जातिवाद ?

म भन्छु यता सुन्नुस्……

 

सरकारी जागीरमा छ ?

” हजुर, छ”

सरकारी पढाईमा ?

“हजुर, छ”

सरकारी सेवामा ?

“हजुर, छ । आरक्षणको रूपमा”

यदि कसैले आफैलाई म “दलित” हुँ भनेर प्रमाणित गराउन वडा कार्यालय तथा गाबिस/नगरपालिका बाट सिफारिस गराएर आफू दलित नै भएको दाबी गर्‍यो भने सरकारी जागीर पाइन्छ । यसमा आफैले आफैलाई दलित बनाउनु पर्छ ।

तर….

यदि सोही ब्यक्तिलाई दलित भन्यो भने कडा सजाय हुन्छ ।

यो हो वास्तविक जातिवाद ।

आफुले आफैलाई दलित प्रमाणित गराउन सरकारी निकायको सिफारिस खोज्ने तर त्यै ब्यक्तिलाई सिफारिस प्रमाणित गर्नेले समेत दलित भन्दियो भने कानुन लाग्ने ??

यो हो जातिवाद ।

अब बुझ्नुभयो ! जातिवाद कहाँ रैछ र कसले चलाइरहेको रैछ ?

अहिलेसम्म कसैले ब्लड बैंकमा पुगेर कुन जातको ब्लड हो भनेर सोधिरहेका छन् कि कुन ग्रुपको ब्लड हो भनेर सोध्ने गर्छन् ?

कसैले कसैलाई बिहेवारीको लागि आफ्नो छोरी-चेली दिएन वा आफ्नो निजि बेडरुममा पस्न दिएन भन्दैमा जातिवाद हुन्छ ?

आलु किन्दा त कुहे/नकुहेको हेरिन्छ भने छोरी चेली दिंदा केटाको चरीत्र हेर्ने कि नहेर्ने ? आफ्नो आर्थिक स्थिति अनुसारको हैसियत हेर्ने कि नहेर्ने ? आम्दानीको श्रोत हेर्ने कि नहेर्ने ? आफ्नो गोत्र अनुसार मिल्दो नमिल्दो हेर्ने कि नहेर्ने ? यी कुरा त जुनसुकै जातले जुनसुकै जातसँग बिहेवारी गर्दा नि हेर्छन् त !

आफ्नो धर्म र संस्कार नमिल्नेलाई कसले दिन्छ छोरी ? अनि आफुसँग हैसियत नमिल्ने लाई कसले पस्न दिन्छ आफ्नो ब्यक्तिगत बेडरुममा ? जुनसुकै जात भएनि दिइन्न । यहाँ जातिवाद र अतिवादको प्रश्नै छैन । के आफ्नो ब्यक्तिगत स्वतन्त्रताको कुरा हुँ दैन ? खराब नियतले कोहि पनि कसैको घरमा पस्न र बस्न पाइदैन । चाहे जुनसुकै जात होस् !!

जातिवादको धन्दा चलाउनेहरूलाई चुनौती छ- ल, कुनै चारवटा सवर्णको नाम बताएर देखाउ, जसले कथित दलितलाई जातको आधारमा शोषण गरेको होस्…!!

*रामायण* लेख्ने ‘वाल्मीकि’ कथित दलित थिए,

*महाभारत* लेख्ने ‘वेद व्यास’ कथित दलित थिए,

*श्रीराम* ले कथित दलित ‘शबरी’ को जुठो बयर खाए !

*श्रीकृष्ण* को सबैभन्दा प्रिय मित्र ‘सुदामा’ ब्राह्मण भएर पनि गरीब भन्दा गरीब थिए !

विश्वको सबैभन्दा ठूलो मन्दिर *तिरुपति मन्दिरमा दलित पुजारी* छन् !

नेपालको कतिपय मन्दिरमा पनि *दलित पुजारी* छन् !

हिन्दु धर्म भारतबाट आएको भन्ने र जातिवाद पनि भारतीय हिन्दु संस्कार नै हो भनेर ठान्ने मुर्खहरुलाई त्यहीँ भारतको पटनामा रहेको प्रसिद्ध हनुमान मन्दिरमा परापूर्वकाल देखि नै *दलित पुजारी* छ्न् भन्ने किन थाह भएन ? भारतकै तिरुवनंतपुरमको *त्रावणकोर मंदिरमा दलित पुजारी* छन् भन्ने चेत किन आएन ?

नेपालको इतिहास हेर्दा थाह हुन्छ पृथ्वीनारायण शाहलाई नेपाल राज्यको एकीकरण गर्न सल्लाह दिने र एकीकरण गर्नको निम्ति खर्च जुटाउन एक रुपैयाँ राजस्व उठाउने जुक्ति सिकाउने बिशे नगर्ची दलित नै थिए । जसको कारण आज हामी सबैले नेपाली हुने सौभाग्य पाएका छौं । शाह राजाहरूले कथित दलितलाई शोषण गरेका थिएनन् बरु राज्य संचालनको प्रमुख सल्लाहकार राखेका थिए भन्ने प्रमाण बिशे नगर्ची हैन र ?

नेपाल एकीकरण पश्चात् पृथ्वीनारायण शाहले कथित दलित समुदायका विशे नगर्चीलाई आर्थिक सल्लाहकारका रूपमा नियुक्त गरेका थिए भने प्रजातन्त्रवादी नेता बीपी कोइरालाले धनमानसिंह परियारलाई पार्टी महामन्त्रीका रूपमा र राजा महेन्द्रले हिरालाल विश्वकर्मालाई गरिमामय शिक्षा मन्त्री पदमा नियुक्ति दिएका हैनन् ?

अनि जातको पसल थापेर डलरको ब्यापार गर्ने जातका ब्यापारीहरुले विगत ७२ बर्ष देखि के को बकवास चलाइरहेका छन् ? के अब ब्यापारका लागी जात र धर्म मात्रै बाँकी रहेको हो ?

*जातका ब्यापारीहरुले विगत ७२ बर्ष देखि एउटै कुरो रटान मारेको मार्यै गरेर समाजलाई उल्लु बनाउन खोजेको कि आफ्नो जातीय ब्यापारको बिज्ञापन गरेको ?*

जातीय आरक्षणको वकालत गर्नेहरूलाई एउटा प्रश्न-

जातीय आरक्षण वा कोटामा परेको इन्जिनियरले बनाएको पुल कुन हो ? आरक्षणमा परेको डाक्टरले गरेको आँखाको अप्रेसनले आरक्षणमा नपरेरै विश्वविख्यात नाम कमाएका सन्दूक रुइतको रेकर्ड तोड्यो ? आरक्षणमा परेको मास्टरले पढाएर कुन विद्यार्थीले नेपाल टप गरे ? बरु आरक्षण वा समानुपातिकमा परेको नेताले देश डुबाएको उदाहरण प्रशस्तै छ हामीसँग ।

आरक्षणबाट पद पाएको ब्यक्तिबाट देशले कुन क्वालिटीको सेवा पायो ? लौ, एउटा उदाहरण देखाउ !

नेपालमा जातीय आरक्षणको सिस्टम शुरु भएपछि कोटामा परेर साइन्टिस्ट बनेको मान्छेले कुन नयाँ रसायन पत्ता लगाएर विश्वमा नेपालको नाम चम्कायो ? कुनै जडिबुटी वा रसायनमा नयाँ रिसर्च भयो ?

जातीय आरक्षणबाट इन्जिनियरिङ पढेर इन्जिनियर बनेको मान्छेको नाम बताउ, जसले विश्वप्रसिद्ध संरचना बनाएर विश्वमा नेपालको नाम चिनाए !

जातीय आरक्षणबाट आएको कुनै टेक्नोलोजी एक्सपर्टको नाम बताउ, जसले कुनै एउटा टेक्नोलोजी पत्ता लगाए !

जातीय आरक्षणबाट बनेको अर्थशास्त्रीको नाम बताउ, जसले नेपालको अर्थ ब्यवस्थामा व्यापक सुधार ल्याएको होस् !

कुनै एउटा विज्ञ त बताउ, जसले कुनै न कुनै योगदान दिएर देशलाई विश्वमा चिनाउन मद्दत गरेको होस् !

जातीय आरक्षणबाट मन्त्री वा सांसद बनेको कुनै दशजना मान्छे देखाउ, जसले देशको लागि महत्त्वपूर्ण योगदान दिएर इतिहासमा नाम लेखाउन सफल रहेको होस् !

धेरै जना छैनन् भने कमसेकम पाँच जना त देखाउ !

अहिलेसम्म दशवटा प्रतिष्ठित मान्छे देखाउन किन नसकेको जसको काम हेर्दा लागोस कि आरक्षण सिस्टम सहि रहेछ !

दश जना छैनन् ? ल ठिक छ, पाँच जनाको नाम बताउ जसको नाम लिँदा देशको शान बढोस् र गर्वले छाती फुलोस् !!

 

कहाँ भेटिन्छन् ? कोहि छन् ?

सोंचौं त, जातीय आरक्षणको माध्यमले ५०% अंक ल्याएर बल्लतल्ल पास गरेको ब्यक्तिले देशको नाम चम्काउला ?

कसरी टिक्ला त्यो मान्छे ९५% अंक ल्याउने ब्यक्तिसँग प्रतिस्पर्धा गर्नुपर्दा ? ठिक छ, कोटामा जागीर त खाला तर कामको गुणस्तर कस्तो देला ?

जातीय आरक्षण समाज तथा देशको लागि नै घातक छ ।

यस्तै कारणले गर्दा हाम्रो देश तथा समाजले विश्वसामु घुडा टेकिरहेको छ । अरु देशमा क्वालिटी बाट छानिएर आउँछन्, हाम्रो देशमा जातबाट छानिएर !

यसले गर्दा-

हामी ५०% अंक वाला डाक्टर उत्पादन गर्छौं,

जबकी पुरै विश्वले ९०% भन्दा बढी अंक ल्याउनेलाई मौका दिन्छ । अनि यस्तो चिकित्सामा कस्तो गुणस्तरको आशा राख्ने हामीले ?

अत: जातीय आरक्षण रुपि घातक शत्रुबाट मुक्त हुन सबैले आवाज उठाऔं ।

आरक्षण त चाहिन्छ तर जातको आधारमा हैन । गरिबीको आधारमा, जेहन्दारको आधारमा, दक्षता र गुणस्तरीयताको आधारमा !!!

त्यसकारण हरेक क्षेत्रबाट जातीय प्रमाणपत्र हटाएर मात्र नेपाली नागरिक हुनुको प्रमाणपत्र अनिवार्य गर्नुपर्छ । त्यस्तो नेपाली नागरिक जो गरिब छ तर जेहन्दार छ । आर्थिक रूपमा कमजोर छ तर मानसिक रूपमा धनी छ ।

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM