२०८२ आश्विन २६ गते, आईतवार १३:२८

सेनाको हतियार गोदाममा बिष्फोट, २० सैनिकको मृत्यु

कम्बोडिया/ सेनाको हतियार भण्डारमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको छ।

प्रधानमन्त्री हुन मानेटले सामाजिक सञ्जालमा पोष्ट गर्दै शनिबार दिउँसो भएको घटनाले आफू स्तब्ध भएको बताए।

प्रधानमन्त्रीका अनुसार यस विष्फोटमा धेरै सैनिक घाइते भएका छन्।

दक्षिणी कम्बोडियाको कम्पोङ स्पेउ प्रान्तमा रहेको सैन्य शिविरमा यो विस्फोट भएको हो।

यो विष्फोट कसरी र कुन परिस्थितिमा भएको हो भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन।

प्रधानमन्त्रीले मृतक सैनिकका परिवारलाई क्षतिपूर्ति दिने र सैनिक सम्मानका साथ अन्त्येष्टि गर्ने आदेश दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM