२०८२ माघ २८ गते, बुधबार ०८:१५

इरान र इजरायल द्वन्द्वले जोर्डनमा संकट, आफ्नै राजामाथि जनताले लगाए देशद्रोहको आरोप

काठमाडौं । इजरायलमाथि इरानको आक्रमण र युद्ध थप चर्किने डरले जोर्डनलाई खतरामा पारेको छ । जोर्डन पश्चिमी देशहरूको प्रमुख सहयोगी र खाडी राष्ट्रहरूको सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिने अरब राष्ट्र हो।

इरानले शनिबार राति इजरायलमा क्षेप्यास्त्र र ड्रोनका साथ शृंखलाबद्ध आक्रमण गर्दा, जोर्डनले आफ्नो राजधानी अम्मानमा उडिरहेका केही मिसाइल र ड्रोनहरूलाई खसाल्न मद्दत गर्‍यो।

इरानको आक्रमणलाई विफल पार्न मद्दत गर्ने सम्बन्धमा जोर्डनका विदेशमन्त्री अयमान सफादीले आफ्नो देशले आफ्नो क्षेत्रबाट मिसाइल र ड्रोनलाई खतराका रूपमा हेरेर खसालेको बताए।

यो खबर बाहिर आउने बित्तिकै जोर्डनमा सामाजिक सञ्जालमा जनताले जोर्डन सरकारको आलोचना गर्न थाले । यो देखेर आयमान सफिदीले सन्तुलन बनाउन तुरुन्तै भने – इजरायलले इरानमाथि हमला गर्न जोर्डनको एयरस्पेस प्रयोग गरेमा पनि जोर्डनले यस्तै गर्नेछ ।

सफिदीको बयानपछि पनि सामाजिक सञ्जालमा जनताको आक्रोश कम भएन र जोर्डनका राजा अब्दुल्लाह द्वितीयलाई सोसल मिडिया साइट एक्समा मानिसहरूले ‘देशद्रोही’ भन्न थाले। इरान समर्थक खाताहरूले मिमहरू साझा गर्न थाले जसमा राजालाई इजरायली रक्षा बल (आईडीएफ) को वर्दीमा देखाइएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM