Sunday, May 5, 2024
घरसमाचारअमेरिकाविरुद्ध ‘आफ्नो सम्पूर्ण शक्तिले’ लड्ने इजरायली प्रधानमन्त्रीको घोषणा

अमेरिकाविरुद्ध ‘आफ्नो सम्पूर्ण शक्तिले’ लड्ने इजरायली प्रधानमन्त्रीको घोषणा

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले देशको सेनामाथि लगाइएका कुनै पनि प्रतिबन्धलाई अस्वीकार गर्ने बताएका छन् ।

अमेरिकाले इजरायली सेनाको एक इकाईलाई दिइने सहायता कटौती गर्न सक्ने खबर बाहिर आएको बेला नेतान्याहुले यस्तो बताएका हुन् ।

नेतान्याहुले आइतबार भने, “म यसको विरुद्ध मेरो सम्पूर्ण शक्तिले लड्नेछु।”

एक्सियोस समाचार वेबसाइटले दाबी गरेअनुसार अमेरिकाले वेस्ट बैंकमा कथित मानवअधिकार उल्लङ्घनको लागि इजरायलको नेत्जाह येहुदा बटालियनलाई निशाना बनाउन सक्छ।

यसको मतलब अमेरिकाले कुनै प्रतिबन्ध लगाएमा यो इकाईले कुनै पनि विदेशी सहायता पाउने छैन।

गत हप्ता, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई वेस्ट बैंकमा कथित मानवअधिकार उल्लङ्घनको बारेमा सोधपुछ गरिएको थियो।

यसको जवाफ दिँदै उनले भने, ‘मैले दृढ संकल्प लिएको छु, अबको केही दिनमा तपाइँले त्यसको असर देख्नुहुनेछ ।’

अमेरिका इजरायलको मुख्य सहयोगी रहेको छ र उसले कहिल्यै पनि इजरायल डिफेन्स फोर्स (आईडीएफ) इकाईलाई निलम्बन गरेको छैन।

इजरायली सेनाले नेजाह येहुदा विरुद्धको आरोपलाई अस्वीकार गर्दै बटालियनले अन्तर्राष्ट्रिय कानून अनुसार काम गरिरहेको बताएको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -