२०८२ फाल्गुन १ गते, शुक्रबार ०७:३४

रेशम चौधरी ‘गम्भीर अपराधी’, दलको सदस्य बन्न समेत अयोग्य-रञ्जिता

काठमाडौं। रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष आफूलाई कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटका विषयमा सर्वोच्च अदालतले मागेको जवाफमा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी गम्भीर प्रकृतिको ‘अपराधी’ भएको र सोही कारणले राजनीतिक दलको सदस्य समेत बन्न अयोग्य भएको व्यहोराको जवाफ सर्वोच्च अदालतलाई पठाएकी छिन्।

रञ्जिताले रेशमले राष्ट्रपतिबाट आममाफी पाएको भए पनि कसूरको आधारमा उत्पन्न हुने दुष्परिणाम पथावत रहने उल्लेख गरेकी छिन्। सर्वोच्च अदालतले रेशम चौधरीविरुद्ध व्यक्ति हत्याको मुद्दाका गरेको फैसलामा लेखिएको शब्दावली ‘हत्याको प्रकृतिबाट निजहरुको अपराध सभ्य समाजको अपेक्षा र मानवीय चेतनाविरुद्ध रहेको’ भनने अंश उद्धृत गर्दै रेशक गम्भीर अपराधी भएको आशय व्यक्त गरेकी छिन्।

रेशम चौधरी जेलबाट छुटेपछि हालै कैलालीको टिकापुरमा रेशमकै नेतृत्वमा नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन भएको थियो। सो महाधिवेशनले रेशम चौधरीलाई पार्टी अध्यक्ष निर्वाचित गरेको थियो। सोहीअनुसार रेशमले आफूलाई पार्टी अध्यक्ष कायम गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिए। आयोगले निवेदन खारेज गरिदिएर रञ्जितालाई नै अध्यक्ष कायम गरिदिएपछि आयोगको त्यही निर्णयविरुद्ध रेशम सर्वोच्च पुगेका हुन्।

रञ्जिताले सर्वोच्चलाई पठाएको जवाफमा टिकापुरमा भएको पार्टीको महाधिवेशन समेत अवैधानिक भएको आशय व्यक्त गरेकी छिन्। उनले टिकापुर महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारीको तर्फबाट रेशम एक्लैले रिट दिएको भन्दै कुनै व्यक्तिलाई सिंगो संस्थाको तर्फबाट रिट निवेदन दिने अधिकार समेत नरहेको दाबी गरेकी छिन्।

नागरिक उन्मुक्ति पार्टी रेशम चौधरीकै नेतृत्वमा गठन भएको थियो । तर, नागरिक उन्मुक्ति पार्टी गठन हुने बेला रेशम चौधरी जेलमा थिए । फौजदारी आरोपमा दोषी ठहर भएका रेशम पार्टीको पदका लागि अयोग्य हुने भएपछि तत्कालीन समयमा रेशमलाई संरक्षकको रुपमा राखी उनकी पत्नी रञ्जिताको अध्यक्षतामा पार्टी दर्ता गरिएको थियो।

अहिले यो पार्टीको प्रतिनिधि सभा र प्रदेश सभामा गणनायोग्य उपस्थिति छ । पार्टीको समर्थनले सरकार गठनमा नै उल्लेख्य प्रभाव पार्न थालेपछि रञ्जिता र रेशमबीच सरकारमा जाने र नजाने भन्ने विषयमा मतभेद भएको थियो । यही मतभेदले उनीहरुको दाम्पत्य जीवन समेत धराशायी भएको छ। विवादकै बीच अहिले रेशम र रञ्जिताबीच नागरिक उन्मुक्ति पार्टीमाथि आफ्नो पकड कायम राख्ने विषयमा शक्ति संघर्ष चलिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM