२०८२ माघ २४ गते, शनिबार ००:३०

झापामा एसपीको घुमुवाको आतंक, मोरङमा प्रहरीको सेटिंगमा तस्करी

काठमाण्डौ/उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन दिए पनि मातहतका जिल्ला प्रमुखहरुले त्यसको पालना गरेका छैनन् । कार्यालय प्रमुखले अतिरिक्त आम्दानीका लागि घुमुवा परिचालन गर्ने गरेका छन् ।

जिल्लाका एसपीहरुले सरुवा भएर जाँदा आफूसँगै घुमुवा समेत लिएर गएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले हवल्दार दीपक आचार्यलाई आफूसँगै झापा लगी घुमुवाका रुपमा परिचालन गरेका छन् । आचार्यलाई एसपी केसीले आफ्नो खटिनु केही दिनअघि झापा सरुवा गराएका थिए ।

नेपाल फेसका अनुसार जागिरमा प्रवेश गरदेखि नै प्रहरी बृत्त ठिमीको घुमुवा बसेर असुलीमा निलम्बनमा पनि परिसकेका हुन् दीपक आचार्य । केही समयअघि शैलेश श्रेष्ठले भक्तपुरको कौशलटारमा संचालन गरेको जुवा अखाडामा प्रहरीले छापा हानेको थियो । उक्त जुवा अखाडामा प्रहरीले छापा हानेपछि शैलेश श्रेष्ठ फरार भए । शैलेश श्रेष्ठलाई फरार अभियुक्तका रुपमा तस्वीरसमेत निकाल्यो । ठिमी बृत्तका घुमुवा आचार्यले फरार सूचीबाट नाम हटाउँछु भनेर ५० हजार घुस मागेका थिए ।

उक्त घुस मागेको अडियो तरुण दलमा समेत आवद्ध रहेका शैलेश श्रेष्ठले तत्कालीन उपत्यका कार्यालयका डीआईजी शैलेश थापालाई पठाइदिए । उक्त अडियो प्रकरणमा शैलेश थापाले घुमुवा आचार्यलाई निलम्बन गरेका थिए । थापापछि उपत्यका प्रहरीको प्रमुख भएका विश्वराज पोखरेलले घुमुवा आचार्यका निलम्बन फुकवा गरेका थिए । सर्वेन्द्र खनाल आईजीपी भएको समयमा उनको निवासमा कार्यरत डीएसपी गोविन्द कार्कीको निर्देशनमा उनको निलम्बन फुकुवा भएको थियो । निलम्बन फुकुवापछि आचार्य नागढुंगा हुँदै स्वयम्भू बृत्तको घुमुवा भएका थिए । स्वयम्भू बृत्तका इन्चार्ज थिए हालका झापाका एसपी मिलन केसी ।

केसी २०७८ जेठ २९ मा जेलमा कैदसंजाय काटिरहेका गुन्डा नाइके समिरमान सिंह बस्नेतलाई भेट्न गएको आरोपमा स्वयम्भु बृत्तको डीएसपीबाट २ बर्षअघि तानिएसँगै आचार्यलाई पनि काठमाडौं परिसरमा सरुवा गराएका थिए । गुण्डा नाइके बस्नेतलाई भेट्न गएका उनलाई नसिहत दिएको भए पनि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले झापा जस्तो जिल्लाको इन्चार्जमा सरुवा गरेकोमा उनको आलोचना समेत भएको थियो । स्वयंभू बृत्तमा घुमुवाका रुपमा गुण्डानाइके बाघे समूहको जुवा अखाडा संरक्षण गर्ने लगायतबाट आर्थिक लाभ गराएकाले झापा जाँदा पनि उनले सँगै लगेर सादा पोशाकमा परिचालन गरेका छन् ।

यसैबीच,जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले पनि आईजीपी कुँवरको निर्देशनबिपरीत क्राइम टोली, अनुसन्धान टोली जस्ता विभिन्न आवरणमा घुमुवा परिचालन गरेको आरोप छ । क्राइम टोली, अनुसन्धान टोलीको आवरणमा राखिएका घुमुवाहरुका कारण मोरङका बिभिन्न नाकाहरूमा व्यापक तस्करी मौलाएको छ । राजस्व छली तस्करी रोक्न सीमा नाकामा खटिएका प्रहरीसँगको मिलेमतोमै तस्करहरूले लाइन मिलाएर दैनिक करोडौंको सामान आयात निर्यात गर्दैआएका छन् ।

नोचा, डुमरिया, रंगेली, सिक्टी भुटाहा, बुधनगर, दरैया, सोराभाग र डाइनिया, मायागञ्ज, चुनीवारी, तरिगामा, मधुमल्ला, कदमाहा र चौकीघाटका छोटी भन्सारबाट पनि तस्करी बढेको छ । एसपी कार्कीले खटाएको टोलीले यी नाकाहरुबाट तस्करी गर्नेहरुलाई लाइन दिएर मासिक दररेट असुली गर्ने गरेको आरोप छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM