२०८२ फाल्गुन १ गते, शुक्रबार ०७:४८

पर्साबाट तस्करी जारी: ट्रान्सपोर्टमा छापा, अवैध कपड़ालगायतका सामग्री बरामद

वीरगंज/ पर्साको सीमावर्ती क्षेत्रमा रहेका नेपाल र सशस्त्र प्रहरीको युनिटको समन्वयमा तस्करी भैरहेको एक पछि अर्को घटना सार्वजनिक हुन थालेका छन्।

बिहीबार र शुक्रबार मात्र पर्सा प्रहरीले वीरगंज महावीर स्थान स्थित पम्पम बिल्डिङमा छापामारी गरी करोडौँ मूल्य बराबरको तस्करीका कपड़ा बरामद गरेको घटना सेलाउन नपाउँदै शनिवार सशस्त्र प्रहरी बल नेपाल वीरगंज भंसारको टोलीले वीरगंजस्थित दुर्गा ट्रान्सपोर्टमा छापामारी गरी भंसार राजस्व छलि गरी ल्याई राखिएका ५० लाख मूल्य बराबरका कपडा, काजु, ग्यास चुलो, ब्रेड क्रम्स बरामद गरेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेक्वा पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले दुर्गा ट्रांसपोर्टमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सारको टोलीले विशेष सूचनाको आधारमा संयुक्त रुपमा छपामारी गरेको बताउनु भयो। छापामारी गरी त्यहाँ भित्र भण्डारण गरी राखिएका कपड़ा, काजु, ग्यास चुल्हो, ब्रेड क्रम्सलगायतका सामग्री नियन्त्रणमा लिई वीरगंज भंसार पठाइएको बताउनु भयो।

सीमा क्षेत्रबाट हुने चोरी, तस्करी नियन्त्रण गर्न अत्याधुनिक हतियार एवं दल बल सहित परिचालन गरिएका सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतको सुरक्षा घेरा पार गरी भित्रिएका तस्करी सामान वीरगंजको भित्री क्षेत्र र अन्य जिल्लामा पुगेर प्रहरीले नियन्त्रणमा लिनुले पनि प्रहरीकै मिलेमतोमा तस्करी भैरहेको पुष्टी हुन आउँछ।

सशस्त्र-नेपाल प्रहरी प्रधान कार्यालय एवं सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह र नेपाल मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञ विनोद पोखरेलको निर्देशनविपरीत पर्साबाट तस्करी भैरहेको पुष्टी भएको छ।

स्रोतका अनुसार कपडा तस्कर मदन रुन्चेको गोदाममा भन्सार कार्यालय र सशस्त्र प्रहरीले छापा हानेको हो ।

यसरी तस्करी भैरहँदा वीरगंज भंसारले लक्षित राजस्व संकलन गर्न सकेको छैन। तर प्रहरी, तस्कर एवं कर्मचारीको गोजस्व भने भरिभराउ छ।

पर्सा जिल्लाको सीमा क्षेत्रमा रहेका नेपाल र सशस्त्र प्रहरीका युनिट ईन्चार्ज र गण १३ एवं जिल्ला प्रहरी कार्यालय पर्साका टाइगर टोली एवं घुमुहरूको समन्वयमा तस्करी भैरहेको यो घटनाले प्रष्ट भएको छ।

तस्कर समुहहरुले नेपाल भारत सीमामा रहेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको मिलोमतोमा भरिया महिला तथा अपांग, टेम्पो सेटिंगबाट तस्करी धन्दा चलाई रहेका छन्।

वीरगंजको रजत जयन्ती चौकको पछाडि रहेको केडिया आँखा अस्पतालको पछाडिबाट बोक्सर, मीरा, चन्दा, शर्मा, अकाश, गुडु लगायतका तस्कर समुह सक्रिय रहेका छन् भने छपकैयाको पन्टोका, भकुवा, छपकैयाबाट महिलाबाट ब्यापक तस्करी सञ्चालनमा आएको छ ।

यसैगरी अलौ नाकाबाट मोटरसाईकलमा तारकेश्वरले भारतीय रजनीगन्धा गरेर तस्करीबाट ल्याई माईस्थानको पान मण्डीमा किराना पसल सञ्चालन गरेर ब्यवसाय गर्दै आएका कृष्ण चौरसियालाई रजनीगन्धा, रेडबुल, अन्य भारतीय गुटखाहरु दिने गरेका छन्,।

त्यस्तै पर्सा जिल्लाको झौवा र बर्वा नाकाबाट रातीको समयमा सन्दिप चौरसियाले कष्टमेटिक, तुथपेष्ट साईकलमा लोड गरेर भारत तर्फ तस्करीगर्ने गरेका छन् ।

वीरगंजको घण्टाघर देखि दुर्गा हल नजिकै केराउको पनि तस्करी सञ्चालनमा आएको छ ।

पर्साका प्रहरी उपरीक्षक कुमोध ढूँगेलले जति कड़ाई गरेपनि उनका मातहतका प्रहरीहरूको संरक्षणमै तस्करी कार्य मौलाउने, तस्करीका सामान बरामद हुने तर प्रहरीमाथि कारवाही नहुनुले अनेक आशंका उब्जिएको छ।

तस्करहरुलाई सीमावर्ती क्षेत्रका प्रहरी चौकी प्रमुख र ड्यूटीवाल प्रहरीका साथै घुमुवा र टाइगर टोलीको रुपमा परिचालित प्रहरी सहायक निरीक्षक कृष्ण राई, लामो समय देखि पर्सा जिल्लामा घुमुवा रहेर तस्कर तथा अवैध कारोबारीहरूसँग परिचित सप्रह उमेश यादव, प्रह मोहन यादव, वडा प्रहरी कार्यालय बिर्ताका घुमुवा अनरुद्ध यादव लगायतले एसपी ढुंगेलको नितिनिर्देशनलाई चुनौती दिंदै सहजिकरण गर्दै आएको पछिल्लो समय चर्चाको विषय बनेको छ ।

यिनिहरुले सिमावर्ती क्षेत्रमा समन्वय गर्नुका साथै जिल्ला प्रहरी कार्यालयबाट निस्किने गस्ति टोलीबारे समेत तस्करहरुलाई सूचना चुहाएर राती १२ बजे पछि अवैध रुपले रक्सौलबाट मालसामान वीरगंज भित्र्याउन सहजिकरण गर्ने गरेको श्रोतको दावी छ ।

त्यस्तै तस्करसँग समन्वय गर्ने र लाईन मिलाउने सशस्त्र प्रहरी बल नेपाल नं. १३, गण हेक्वा पर्साबाट समन्वय गर्ने प्रहरीको हुन्? विस्तृत समाचार पढ्दै गर्नुहोला …!

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM