२०८२ असार २० गते, शुक्रबार ०७:२८

मण्डलामा शनिबारदेखि ‘टिकट टू हलिउड’ मञ्चन

काठमाडौं । मण्डला थिएटरमा शनिबारदेखि नयाँ नाटक ‘टिकट टू हलिउड’ मञ्चन हुने भएको छ । सागर खातीले निर्देशन गर्ने नाटकमा मिलन कार्की र सुदीप खतिवडाको अभिनय हुनेछ ।

दुई युवाको ज्यान जानेगरी बालकुमारीमा हालै भएको घटनाको पृष्ठभूमिमा नाटक तयार पारिएको जनाइएको छ । कोरियाली भाषा परीक्षा ईपीएसको विषयलाई लिएर केही युवाले प्रदर्शन गर्दा प्रहरीको गोली लागेर ती युवा मारिएका थिए ।

देश छाड्नको लागि पनि आन्दोलन गर्नुपर्ने कारण र के कुराले नागरिकलाई विदेशिन बाध्य पारिरहेको छ भन्ने विषयमा घोत्लिंदा नाटक जन्मिएको उनले बताए । ‘यो विषय के गर्ने र कसरी गर्ने भन्ने लामो समयमसम्म अवचेतन मनमा थियो, बालकुमारीको घटना देखेपछि नाटक गर्नैपर्छ भन्ने लाग्यो,’ उनले भने ।

महाभोज, लाटीको छोरो, सलेदो, रमाइलो लगायत डेढ दर्जन नाटकमा अभिनय गरेका कलाकार कार्कीले समकालीन कलाकार र निर्देशकसँग काम गर्न पाउँदा चरित्रलाई थप गहिरोसँग बुझेर अभिनयमा उतार्न पाएको बताए ।

क्लेशः, लाटीको छोरो, मसानटार आन्दोलन, जालिनी, एण्टीगोनी लगायत दर्जन नाटकमा अभिनय गरिसकेका कलाकार खतिवडाले नाटकमा देखासिकी र लहडले मानिसलाई कुन हदको समस्यामा पुर्‍याइरहेको छ भन्ने देखाइएको बताए ।

‘नाटकमा समकालीन समाजका गम्भीर विषयलाई हास्यशैलीमा देखाइएको छ,’ खतिवडाले भने । यो नाटक वैशाख २३ गतेसम्म मञ्चन हुने मण्डलाले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM