Wednesday, May 1, 2024
घरपत्रपत्रिकास्वास्थ्यमा मन्त्रीपुत्रको हस्तक्षेप, अख्तियारले डामेका यादव बने नरदेवी अस्पताल प्रमुख

स्वास्थ्यमा मन्त्रीपुत्रको हस्तक्षेप, अख्तियारले डामेका यादव बने नरदेवी अस्पताल प्रमुख

काठमाडौं । नयाँबर्षको सुरुवातसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले एक विवादास्पद निर्णय गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रशिक्षार्थीसँग घुस लिंदालिंदै नियन्त्रणमा लिएका डा. रामदेव यादवलाई आयुर्वेद अस्पताल नरदेवी (आयुर्वेद चिकित्सालय) को मेडिकल सुपरिटेन्डेन्टमा नियुक्ति गरिएको छ ।
आइतबार कार्यालय समय खुल्नेबित्तिकै मन्त्री यादवले डा. रामदेवलाई नरदेवी अस्पतालको प्रमुख बनाउनका लागि टिप्पणी उठाउन निर्देशन दिएका थिए । सोही दिन उनले फाइल सदर गरी डा. रामदेवलाई पत्र थमाएका थिए । यसअघि आठौं तहदेखि नै तिकडमबाजी गरी नरदेवी आयुर्वेद अस्पतालको पटक पटक प्रमुख भएका यादव त्यहीँ हुँदा घुसकाण्डमा पक्राउ परेका थिए । यादव आयुर्वेद विभागदेखि लिएर सिंहदरबार बैद्यखानाको समेत प्रमुख भइसकेका छन् ।
दसौं तहका यादव विशेष अदालतबाट अनेक तरहले सफाइ लिन सफल भएपछि सिंहदरबार बैद्यखानाको प्रमुख बनाइएका थिए । उनीबिरुद्ध तत्कालीन प्रमुख डा. श्यामबाबु यादव सर्वोच्च अदालतमा मुद्दामा गएपछि रामदेवको नियुक्ति बदर भएको थियो । बैद्यखानामा दुई यादवबीचको मुद्दामामिला चर्केर कामकाजै ठप्प भएको सम्झनेहरु अझै पनि छन् । रामदेवबिरुद्धको मुद्दा जितेर बैद्यखाना चलाइरहेका डा. श्यामबाबुलाई यसअघिका मन्त्री मोहनबहादुर बस्नेतले पनि नरदेवी अस्पतालको प्रमुखमा पठाएका थिए । त्यसबेला श्यामबाबुसँग १० पेटीमाथिको रकमकलमबिचौलिया श्रवण जीसीमार्फत् लिएर बस्नेतले नरदेवीमा पठाएका थिए ।
नरदेवी अस्पतालमा कार्यरत ११ औं तहकाडा. प्रदीप केसीलाई बैद्यखाना पठाएर १० औं तहका श्यामबाबुलाई पठाएका थिए । बस्नेतकै पालामा रामदेव नरदेवी अस्पतालमा सरुवा भएका थिए ।यसअघि नेकपा समाजवादीका तर्फबाट स्वास्थ्य राज्यमन्त्री भएकाहिराचन्द्र केसीलाई प्रभावमा पारेर रामदेव सिंहदरबार बैद्यखानाको कार्यकारी निर्देशक बन्न सफल भएका थिए । विशेष अदालतबाट सफाइ पाएलगत्तै बैद्यखानाकै कार्यकारी निर्देशक बन्न सफल भएका रामदेवको बैद्यखाना बसाइ भने सफल हुन सकेन । चतुर रामदेवलाई बैद्यखानाका कर्मचारीको असहयोग त भयो नै, अनेक मुद्दामामिलाका झमेला समेत आइलागेका थिए ।
स्वास्थ्य मन्त्री उपेन्द्र यादवले रामदेवलाई प्रमुख बनाएर श्यामबाबुलाई आयुर्वेद विभागमै फिर्ता पठाएका छन् । रामदेव मन्त्री यादवका सुपुत्र अमरेन्द्र यादवका ससुराली खलकका नातेदार हुन् । सप्तरीका रामदेवको छोरी नाता पर्ने अमरेन्द्रकी दिवंगत पत्नी हुन् ।
अमरेन्द्रकै ढिपी र आर्थिक चलखेलका आधारमा रामदेवलाई नरदेवीको प्रमुख बनाइएको हो । यसबारेमा रामदेवसँग प्रतिक्रियालिंदा उनले अमरेन्द्रको ससुराली भएको अस्वीकार गरेनन्, पछि प्रष्ट पाछर््ु, अहिले बोल्न मिल्दैन भन्दै फोन काटे ।आयुर्वेद चिकित्सक संघको अध्यक्ष रहेका श्यामबाबु कांग्रेस निकट भएको बिल्ला भिराएर नरदेवीबाट हटाइएको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तालिम केन्द्र विकास समितिकाप्रमुख डा. रामआधार यादव पनि हालका मन्त्री यादव निकट मानिन्छन् । सो स्थानमा रामआधार नभएको भए रामदेवको पहिलो रोजाइ त्यहाँ थियो । तर रामआधारका कारण उनी त्यहाँ जान सकेनन् ।
नरदेवी अस्पताल बसाई रामदेवका लागि सधैं फलिफाप हुँदैआएको छ । आधा समय अस्पतालमा दिने कुरालाई संस्थागत नै गरेका डा रामदेवले अस्पतालकै मूलढोका सामुन्ने क्लीनीक संचालन गरेका थिए । उनले अस्पतालमा आउने बिरामीलाई क्लीनीकमा रिफर गर्ने, अनावश्यक औषधि किनाउने गरेको उजुरी समेत बिभिन्न निकायमा पर्दैआएको छ । भ्रष्टाचार काण्डमा मुछिएपछि शान्तिनगरमा उनले केशव आयुर्वेद खोलेर त्यहाँ पनि बिरामी लुट्ने अभियान नै उनले चलाउँदैआएका छन् । आश्चर्यको बिषय त के छ भने उक्त केशव आयुर्वेद क्लिनिकको उदघाटन तत्कालीन बहालवाला स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले झन्डा हल्लाउँदै गएर गरेका थिए ।नेपालफेस

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -