२०८२ माघ ९ गते, शुक्रबार १०:३४

अम्बेडकर विचारधारा र अलमलिएको नेपाली दलित आन्दोलन

म जन्मिनुभन्दा करीब ८ वर्ष पहिले अम्बेडकर दिवंगत भइसकेका थिए । तर अम्बेडकरलाई साक्षात्कार रूपमा भेटेर काठमाडौं डल्लु क्षेत्रको खड्गी र द्यौलाबस्ती घुमाउने दलित आन्दोलनका अग्रणी नेताहरूमध्ये एक मोहनलाल कपालीलाई पटक-पटक भेट्ने अवसर प्राप्त गरेको छु ।

२०११ सालमा राजा महेन्द्रलाई संरक्षक र अतिथि बनाउँदै आयोजना गरिएको प्रथम अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्न अम्बेडकर नेपाल आएका थिए । उनलाई राजा महेन्द्रले राम्रो आतिथ्यता गर्दै शीतलनिवास (हालको राष्ट्रपति भवन) मा बसाएका थिए ।

भारतका तत्कालीन समयका नेता तथा स्वतन्त्रता सेनानीहरू गान्धी, नेहरू, पटेल, राजेन्द्रप्रसाद जस्ता दिग्गज मात्रै नभएर उनीहरू आफैंमा प्रखर बौद्धिक व्यक्तित्व पनि थिए । उनीहरूलाई टक्कर मात्रै नभइकन बौद्धिक रूपमा परास्त गर्न सक्ने व्यक्तित्व थिए अम्बेडकर ।

उनले जीवनभर दलित अधिकारको लागि बढी भन्ने गरिएता पनि उनी महिला, आदिवासी तथा पिछडिएका समुदायका पनि प्रखर नेता थिए । उनले भारतको संविधान निर्माण गर्दा केवल दलितका अधिकार मात्रै स्थापित गरिदिएनन्, उनी सरहका कुनै पनि आदिवासी नेताहरू नहुँदा नहुँदै पनि दलित र आदिवासीहरूका लागि उत्तिकै अधिकार उनीहरूको जनसंख्याको अनुपातमा स्थापित गरिदिए ।

अर्थात् अहिले भारतमा शिक्षा तथा सरकारी रोजगारी र निर्वाचन प्रणालीमा जुन दलितका लागि १६ प्रतिशत तथा आदिवासीका लागि ७.५ प्रतिशत आरक्षणको व्यवस्था गरिदिएका थिए अहिलेसम्म पनि त्यो लागू भइरहेको छ । त्यसमा पिछडा वर्ग तथा आर्थिक रूपले विपन्न सवर्णहरू पनि समेटिएका छन् ।

२०११ सालमा उनले गरेको नेपाल भ्रमणका धेरै अविस्मरणीय घटनाहरू दलितका लागि त छँदैछन् । खासगरी बुद्ध र कार्ल माक्र्सलाई एकै ठाउँमा उभ्याउने काम संभवतः संसारका अन्य कुनै पनि विद्वान्हरूले गरेका छैनन् तर उनले सो बौद्ध सम्मेलनमा एउटा कार्यपत्र प्रस्तुत गर्दै त्यो काम गरेका छन् ।

त्यतिवेला कार्ल माक्र्सको साम्यवादी सिद्धान्तको बिगबिगी थियो । किनभने चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी गणतन्त्र चीनको स्थापना भएको थियो भने सन् १९१७ मा लेनिनको नेतृत्वमा वोल्सेभिक क्रान्ति मार्फत साम्यवादी शासनको अभ्यास मात्रै भइरहेको थिएन, पूँजीवादी शासनलाई प्रतिनिधित्व गर्ने अमेरिकालाई चुनौती दिइरहेको थियो ।

कतिसम्म भने कम्युनिस्ट सिद्धान्तको समाजवाद नभने पनि नेहरूले समेत आफूलाई समाजवादी भन्थे भने हाम्रै बीपी कोइराला आफूलाई माक्र्सवादी हुँ भन्थे । उनको माक्र्सवादसँग एउटै कुरामा विमति थियो त्यो भनेको हिंसाको बाटो ।

त्यस्तो समयमा अम्बेडकर आफैं माक्र्सवादी किन भएनन् होला भन्ने जिज्ञासा हर कोहीलाई लाग्न सक्छ । के अम्बेडकरले माक्र्सवाद नपढेर वा नबुझेर आफू माक्र्सवादी नभएका होलान् ? नेपाल र भारतका कम्युनिस्टहरूले वर्गीय मुक्ति र जातीय मुक्ति एउटै हो भनेर भनिरहँदा अम्बेडकरले वर्गीय मुक्तिबाट जातीय मुक्ति किन देखेनन् त्यो अहिले पनि गहिरो खोजको विषय देखिन्छ ।

कार्ल माक्र्सले भौतिकवादको ऐतिहासिक तथा दार्शनिक विश्लेषणमा विगत र भविष्यलाई पाँच चरणमा बाँडेका छन् । उनले भनेका छन्, आदिम साम्यवाद, त्यसपछि सामन्तवाद, पूँजीवाद, समाजवाद र अन्त्यमा वर्गविहीन साम्यवाद जहाँ राज्य, निजी सम्पत्ति तथा वर्ग पूर्ण रूपमा समाप्त भएको हुनेछ ।

अनि मान्छेले एउटा अत्यन्त विकसित तथा सुखी जीवनको उपभोग गर्न पाउनेछ, जहाँ हत्या–हिंसा, काटमार, षडयन्त्र जस्ता कुनै पनि राजनैतिक लडाईं हुने छैनन् र संसारका सबै देशका सिमानाहरू भत्किने छन् र हामी संसारका नागरिक हुनेछौं ।

माक्र्सले कल्पना गरेको साम्यवादमा अहिलेको अवस्था र व्यवस्थाबाट पुग्न सकिने त देखिंदैन तर अम्बेडकरले बुद्धले पनि आजभन्दा २६ सय वर्ष पहिले अर्थात् माक्र्सको उदय हुनुभन्दा २४ सय वर्ष पहिले नै साम्यवादी व्यवस्थाको कल्पना मात्रै नभइकन उनले आफ्नो संघमा अभ्यास समेत गरेका थिए भनेर तर्क गरेका छन् ।

उनको एउटै निचोड के भने साम्यवादको स्वैरकल्पनामा रमाउन चाहने कम्युनिस्टहरूले बुद्धको भिक्षु संघमा त्यसको अनुभूति गर्न पाउँछन् । माक्र्स र बुद्धमा फरक के छ भन्दा माक्र्सले साम्यवादमा पुग्न हिंसात्मक बाटो अवलम्बन गर्नुपर्छ र वर्ग शत्रुहरू जो पूँजीवादी विचारधाराको पृष्ठपोषक हुन्छन् उनीहरूलाई सखाप पार्दै अगाडि बढ्नुपर्छ भन्छन् ।

तर बुद्धले अहिंसात्मक बाटोबाट सन्यासको बाटो लिंदै सबै व्यक्तिगत सम्पत्ति, लोभलालच, पद–प्रतिष्ठा सबै त्याग्दै वर्गविहीन र शान्तिमय जीवनको अभ्यास गर्न सकिन्छ । लाखौं मान्छेको ज्यान लिएर स्थापना हुने साम्यवाद भन्दा बुद्धले देखाएको अहिंसात्मक बाटोबाट प्राप्त संघवाद वा साम्यवाद कैयौं गुणा श्रेयस्कर हुन्छ भन्ने कुरा अम्बेडकरले प्रतिपादन गरेका छन् ।

अहिले भारतमा करोडौं दलित तथा अन्य समुदायका व्यक्तिहरूले जुन रूपमा बौद्ध धर्म अंगीकार गरिरहेका छन्, वास्तवमा भन्ने हो भने अम्बेडकरले बौद्ध धर्म अँगालेपछि त्यहाँ लगभग अस्तित्वको संकटमा पुगेको बौद्ध धर्म पुनर्जीवित भइरहेको छ जसलाई नव बुद्ध पनि भनिन्छ ।

बौद्ध धर्म नअपनाएका दलित तथा अन्य समुदाय र बौद्धधर्मलाई आफ्नो जीवनदर्शन बनाएका दलित तथा अन्य समुदायको जीवन पद्धतिमा ठूलो फरक देखिन्छ । अर्थात् त्यहाँ भोकमरी, गरिबी, अभाव अत्यन्त न्यून हुनुका साथै एउटा सभ्य र समृद्ध जीवनशैलीहरू अपनाइरहेका छन् ।

अम्बेडकर नेपालमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि आएतापनि उनको प्राथमिकता यहाँका दलितहरू थिए, त्यसैले त्यतिवेलाका दलित नेताहरू जो प्रायः कपाली र खड्गी समुदायका र केही विश्वकर्मा समुदायका थिए उनीहरूले अम्बेडकरलाई तामदानमा बोकेर डल्लुका फोहोर र अत्यन्त घृणित बस्तीहरू डुलाएका थिए ।

त्यतिवेला अम्बेडकर शारीरिक रूपमा अस्वस्थ भई राम्ररी हिंड्न डुल्न पनि नसक्ने अवस्थामा थिए । त्यसैले उनलाई तामदानमा बोकेर डुलाउनुपरेको थियो । उनको अधिकार प्राप्तिको सर्वकालिक सिद्धान्त, शिक्षित बन, संघर्ष गर र संगठित होऊ भनेर रोचक तरिकाले तत्कालीन दलित नेताहरूलाई भनेको मोहनलाल कपालीले मलाई सुनाएका थिए ।

अम्बेडकरले डल्लुको दलित बस्ती भ्रमण गरेपछि भनेका थिए– तोडो, फोडो और मरो, तब जाकर अधिकार मिलेगा । अम्बेडकरको यही प्रोत्साहन र प्रेरणा पछि दलितहरू थप सशक्त र संगठित भएका थिए । जसबाट २०२० सालको मुलुकी ऐन लागू गर्न राजा महेन्द्र बाध्य भएका थिए ।

वास्तवमा अम्बेडकर विचारधारा के हो र नेपालको सन्दर्भमा त्यसको के महत्व छ भन्ने चर्चा गर्दा, अहिले भर्खरै मैले गुगल सर्च गर्दा संसारको एक नम्बरका विद्वान् अम्बेडकर भनेर उल्लेख गरेको पाएँ । उनले अमेरिकाको कोलम्बिया विश्वविद्यालय तथा बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट पीएचडी र मास्टर्स उपाधिहरू प्राप्त गरेका थिए ।

पछि उनलाई सम्मानस्वरुप विश्वका विभिन्न देश तथा विश्वविद्यालयहरूले प्रदान गरेका डिग्रीहरू ३२ वटा रहेछन् जसमा महाविद्यावारिधिहरू पनि रहेका छन् । यसरी संसारले मानेका विद्वान्ले भनेको कुरा हाम्रो सन्दर्भमा के हुनसक्छन् भन्दा, विचारधारा र सिद्धान्त दुई कुराबाट प्राप्त हुन्छन् भन्ने लाग्छ ।  पहिलो उनको सम्पूर्ण जीवन पद्धति र दर्शन त्यसपछि उनले प्रतिपादन गरेका सिद्धान्तहरू ।

अम्बेडकरले आफ्नो सम्पूर्ण जीवन दलित तथा अन्य अधिकारविहीन समुदायको लागि समर्पित गरे र एउटा सामान्य जीवन बाँचे । उनले म आफू हिन्दु भएर जन्मिनुमा मेरो नियन्त्रण थिएन तर म हिन्दु नभएर मर्नुमा मेरो नियन्त्रण छ भन्दै करीब ५ लाख अनुयायीहरूलाई लिएर बुद्ध धर्ममा आफ्नो देहत्याग गरे ।

अर्को ढोंगी कम्युनिस्ट सिद्धान्तलाई उनले आफ्नो मार्गदर्शक सिद्धान्त बनाएनन् । उदार लोकतन्त्रमै दलित लगायतको हित र मुक्ति देखे । शासन व्यवस्था तथा निर्णय प्रक्रियामा दलितलाई स्थापित गर्ने बाटो बनाइदिए र त्यसलाई लागू गर्न बाध्य पारे ।

अहिले नेपालको दलित आन्दोलनले कांग्रेस र कम्युनिस्टहरूबाट पाएको धोकाबाट विचलित भइरहेको छ । अनि अब के बाटो अख्तियार गर्ने भन्ने कुराको अलमलमा छ । यस्तो अवस्थामा अम्बेडकरवाद हाम्रो लागि अहिले पनि उत्तिकै सान्दर्भिक छ ।

२०७२ को संविधान हाम्रा लागि अत्यन्त प्रगतिशील छ, यसको कार्यान्वयनमा हाम्रो निरन्तर दबाब र प्रभाव हुनुपर्छ र शासनमा हाम्रो पहुँच र प्रतिनिधित्व हुनुपर्छ । जुन कुरा अम्बेडकरले स्थापित गरिदिएका छन् । आज १३३औं अम्बेडकर जयन्तीको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM