Sunday, March 23, 2025
घरसमाचारपर्यटनको राजधानी पोखरामा नयाँ वर्षमा भव्य स्वागत

पर्यटनको राजधानी पोखरामा नयाँ वर्षमा भव्य स्वागत




कास्की । पर्यटनको राजधानी पोखरामा नेपाली नयाँ वर्षलाई भव्य स्वागत गरिएको छ । पोखरामा आयोजना भएको १९ औँ संस्करणको फेवा नव बर्ष महोत्सवको अवसरमा लाख बढी दर्शक एवं पर्यटकको साझ पोखरामा नेपाली नयाँ वर्षलाई आतिसबाजी सहित भव्य स्वागत गरिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो ।

पोखराको ड्याम साइड देखि वसुन्धरा पार्क हुँदै गौरीघाट लगायतको क्षेत्रमा करिब ३० मिनेटसम्म आतिसबाजी हुँदा उक्त महोत्सवमा सहभागी दर्शक एवं पर्यटकहरूले भरपूर्ण रुपमा मनोरञ्जन प्राप्त गरेको उहाँले दाबी गर्नु भयो । पर्यटक र दर्शक गरी तीन लाखको सहभागिता हुने अपेक्षाले गत चैत २९ गते देखि सुरु भएको उक्त महोत्सवमा आफूहरूले अपेक्षा गरे अनुसारको महोत्सव सफल भएको

पोखरा पर्यटकीय राजधानी घोषणा भएको खुसीयाली र नयाँ वर्षलाई उल्लासपूर्ण बनाउन संघ अन्तर्गतका होटलहरुले पाहुनालाई २० प्रतिशत सम्म छुट प्रदान गरेकोले यस बर्ष अघिल्ला वर्षको तुलनामा बढी पर्यटक एवं दर्शक सहभागी भएको महोत्सवका मुल संयोजक एवं अध्यक्ष सुवेदीले दाबी गर्नु भयो । उहाँका अनुसार शुक्रबार पोखराका करिब ८५ प्रतिशत होटलको अकुपेन्सि रहेको थियो । उक्त सङ्ख्या आज शनिबार वैशाख १ गते भने ७० प्रतिशत जसो हुने उहाँले दाबी गर्नु भयो । उहाँले भन्नु भयो“ यो तथ्याङ्क कम्तीमा हो, यसमा केही होटल शतप्रतिशत बुकिङ भएका थिए भने केही होटल कम बुकिङ भए भएका थिए तर हामीले समग्रमा हेर्दा र सोधपुछ गर्दा शुक्रबार ८० देखि ८५ प्रतिशत होटल अकुपेन्सि रहेको थियो । ”

नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवद्र्धनमा भएको महोत्सवमा गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद् र होटल संघ नेपालले सहयोग गरेको महासचिव राजेन्द्र ढकालले बताउनु भयो ।

पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर होटल संघ पोखरा नेपालले स्थानीय ड्याम साइड चोकदेखि खहरे चोकसम्म करिब साँढे ३ किलोमिटर क्षेत्रको सडकमा महोत्सव आयोजना भएको हो । नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने र कोभिड १९ बाट नराम्रो गरी प्रभावित भएको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने उद्देश्यले आयोजना हुने महोत्सवमा सांस्कृतिक झाँकी, पञ्चै बाजा, दोहोरी, नाचगानका कार्यक्रम, कन्सर्ट र पर्यटक दौड समावेश भएको छ ।

पोखरा र वरपरका एक हजार दुई सय होटलमा ४० हजार बेड (विस्तारा) रहेको, होटल संघ अन्तर्गत मात्र चार सय ४७ होटल रहेको, लेक साइड र ड्याम साइड एरियामा सात सय होटल रहेको र पोखराको पर्यटन क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको पनि अध्यक्ष सुवेदीले तथ्याङ्क बताउनु भयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -