२०८२ माघ २९ गते, बिहीबार २१:४५

छिमेकलाई सन्देश दिन ओलीले छानेको पूर्वोत्तर मुकाम

२९ चैत, काठमाडौं । माओवादीसँग टुटेको सत्ता–समीकरण पुनर्स्थापना भएसँगै एमाले अध्यक्ष केपी ओलीले यसको भूराजनीतिक सन्देश दिनका लागि ओलाङचुङगोलाको मुकाम छाने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग जोडिएको काँध फेरुन् भनेर भारतले चाहेको थिएन । कम्तीमा लोकसभा चुनावअघिसम्म त्यो हुँदै नहोस् भन्ने उसको चाहना थियो, जसमाथि उनै ओलीले तुषारापात गरिदिएका थिए ।

भौतिक पूर्वाधार मन्त्रालय सम्हालिरहेका उपप्रधानमन्त्री रघुवीर महासेठ तथा रक्षामन्त्री हरि उप्रेतीलाई नेपाली सेनाको हेलिकोप्टरमा लिएर ओली बिहीबार काठमाडौंबाट ताप्लेजुङको उत्तरी नाका ओलाङचुङगोला हान्निंदै गर्दा त्यहाँका संघीय सांसद तथा एमाले केन्द्रीय सचिव योगेश भट्टराई साथै थिए ।

खासमा ओली चीनसँग ठ्याक्कै जोडिएको टिप्ताला भन्ज्याङमै ओर्लिन चाहेका थिए, तर बाक्लो हिमपातका कारण उनी केही तलको ओलाङचुङगोलामा रोकिए । चीनसँग जोडिने सबैभन्दा पुरानोमध्येको नेपाली बस्तीमा नयाँ सत्ता साझेदार मुख्य घटक एमालेका अध्यक्ष तथा दुईपल्ट प्रधानमन्त्री भइसकेका ओली ओर्लनुको खास अर्थ छ ।

२०७४ सालमा दुई तिहाइ निकट बहुमत पाउनेबित्तिकै ओलीले केरुङसँग नजिक रहेको रसुवागढी नाकामा ओर्लेर छिमेकीहरूलाई बुझिने सन्देश दिन पुगेका थिए । अहिले पनि आफ्नो पार्टीतर्फका उच्च पदस्थ सरकारी प्रतिनिधिलाई लगेर ओली ओर्लनुको अन्तर्य बुझ्न सकिन्छ ।

‘म प्रधानमन्त्री बनेका बेला उत्तर र दक्षिण जोडिने ९ वटा मार्गको निर्माणकार्य अघि बढाइएको थियो, बीचमा केही प्राविधिक तल–माथि भयो’ ओलीले ओलाङचुङगोलामा बिहीबार दिउँसो बोले, ‘अब यो करिडोरसँगै अरु उत्तर–दक्षिण मार्गहरूको निर्माणले तीव्रता पाउनेछ । बाँकी नाकाहरू पनि छिट्टै खुलाउन म चीन सरकारसँग कुरा गर्नेछु ।’

ओलीले चीन र नेपालका यी नाका हुँदै विगतमा जनताले सम्बन्ध जोडेको चर्चा गर्दै अब कुनै पनि कारणले आवतजावत लगायत गतिविधि रोकिन नहुनेमा जोड दिए ।

उनले चीनलाई भारतसँग जोड्ने सबैभन्दा छोटो रुट ताप्लेजुङमा पर्ने भएकाले टिप्तालादेखि जोगवनीको बाटोलाई छिटो सुधार र सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार मन्त्री महासेठलाई आग्रह गरे ।

ओलीले ६ वर्षअघि रसुवागढी पुग्दा भिरालो डाँडा देखाउँदै त्यसैलाई चिरेर चीनबाट रेल ल्याउने दाबी गरेका थिए । उनले भने जस्तै रेल ल्याउने सुरसार त छैन, तर सुदूरपूर्वी नाका छुने गरी निकट सिमानाको ओलाङचुङगोलामा नेपालतर्फबाट पहिलो पटक बिहीबारै गाडी पुगेको छ । त्यहाँ गाडी लैजाने पुरानै योजना अन्तर्गतको काम भए पनि ओली आफैं पुगेर त्यसको राजनीतिक सन्देश पनि दिन चाहेका छन् ।

बीचका वर्षहरूमा उत्तर–दक्षिण मार्ग निर्माणमा बाह्य अवरोधहरू हुँदै आएको भनी उच्च राजनीतिक नेतृत्वले दाबी गर्ने गरेको छ । कसबाट कुन प्रकारको अवरोध भयो भनी नेताहरूले स्पष्ट नबताए पनि नीति तथा कार्यक्रम निर्माणदेखि बजेट विनियोजनसम्मै त्यस्ताखाले दबाब झेल्ने गरेको संकेत गर्ने गरेका थिए ।

ओलाङचुङगोलासम्म सडक पुगेसँगै यो अब चीनसँग जोडिएको तिप्ताला नाकासम्म सवारी साधन पुग्न सक्ने गरी जोडिएको छ । सांसद योगेश भट्टराईले अनलाइनखबरलाई बताए अनुसार अब २२ किमी बाटो खनेर चीनसँगको सुदूरपूर्वी बाटो जोडिनेछ ।

‘यो चीनसँग मात्रै होइन, भारत र बंगलादेशसम्म समेत जोडिने बाटो भएकाले पहिलोपल्ट गाडी पुग्नुको ऐतिहासिक अर्थ छ’ भट्टराईले भने, ‘काँकरभिट्टा हुँदै एसियन हाइवे, अनि जोगवनी हुँदै भारतसँग हामीलाई यही बाटोले जोड्छ ।’

नेताहरूको बोलीबाट अर्थ लगाउन सकिन्छ– तिब्बत जोड्ने ओलाङचुङगोला नाका खुल्नुको अर्थ केवल त्यहाँका स्थानीय बासिन्दाको दैनन्दिन खाँचो पूर्तिसँग मात्रै सम्बन्धित छैन, बरु यसले दिने सन्देशको भूराजनीतिक आयाम पनि छ । ८ वर्षअघि भारतीय नाकाबन्दीका बेला ओलीले उत्तरी सीमा नाका खुलाउने तथा चीनमार्फत अरु देशसँगको पहुँच पाउनु नेपालको भूपरिवेष्ठित देश हुनुको अधिकार रहेको वकालत गरेका थिए । त्यसयता उनी कुनै न कुनै रुपमा भारतसँग उतारचढावपूर्ण सम्बन्धमा छन् ।

सोही ठाउँमा रहेको ८६५ वर्ष पुरानो पुरातात्विक महत्वको डिकी छोलिङ गुम्बाको जीर्णोद्धारका लागि भइरहेको प्रगतिबारे सांसद भट्टराईले ओली, महासेठ र उप्रेतीलाई जानकारी गराए ।

एमाले नेताहरूसहित गाडी गोलासम्म ल्याउन पाएको सन्देश दिन पाएकोमा फक्ताङलुङ गाउँपालिका वडा नं ७ का अध्यक्ष छेतेन लामा शेर्पाले खुसियाली व्यक्त गरे । ‘ओलाङचुङगोलामा अब नेपालतर्फबाट गाडी जान सक्ने गरी बाटो जोडियो’ उनले भने, ‘आज हामीले यसकै खुसियाली मनाएका हौं ।’

शेर्पाका अनुसार चीनको तिप्ताला नाकाबाट भने ओलाङचुङगोलासम्म यसअघि नै गाडी आएको थियो । कोभिड महामारीसँगै चीनले सबै नाका बन्द गर्‍यो । त्यसपछि तिप्ताला नाकाबाट आवतजावत बन्द भयो । सांसद भट्टराईका अनुसार अध्यक्ष ओलीले चीन सरकारसँग शीघ्र कूटनीतिक पहलमार्फत त्यसलाई खुलाउन काम गर्ने वचन दिएका छन् ।

सुदूरपूर्वी जिल्ला ताप्लेजुङको सदरमुकाम फुङलिङबाट ३८ किलोमिटर दूरीमा पर्ने रानीपुलबाट ओलाङचुङगोलासम्म हालै मात्र सडकमार्गको ट्र्याक खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७३ सालमा ६० करोड रुपैयाँ बजेट विनियोजन गरी यो बाटो निर्माणको काम अगाडि बढाएको थियो ।

रानीपुलबाट ओलाङचुङगोलासम्मको दूरी करिब ३४ किलोमिटर हो । ओलाङचुङगोलाबाट तिप्ताला नाकासम्मको २४ किलोमिटर सडक भने यसअघि नै सम्पन्न भई चीनतर्फबाट गाडी समेत चलेको थियो । ओलाङचुङगोलामा जन्मिएर विश्वका विभिन्न भेगमा पुगेका नेपालीहरूको सहयोगमा २ करोड ५० लाख लगानीमा सो बाटो निर्माण भएको वडाध्यक्ष शेर्पाले जानकारी दिए । विख्यात नेत्र चिकित्सक सन्दुक रुइत यसै भेगमा जन्मेर प्रसिद्धि पाएका व्यक्ति हुन्, जसको योगदानबारे पनि स्थानीयबीच चर्चा परिचर्चा भयो । शेर्पाका अनुसार रुइत जस्ता व्यक्तित्वले विगतदेखि नै साथ दिइरहेकाले अझै विश्वास जितेर विकास निर्माणमा तीव्रता दिइनेछ ।

एमाले अध्यक्ष ओलीले उत्तरी छिमेकी चीनको विकास र समृद्धिबाट सिंगै नेपालले लाभ पाउने विश्वास व्यक्त गर्दै थपे, ‘सबै भेगका नेपालीले चिनियाँ समृद्धिबाट लाभ पाउँदा ओलाङचुङगोला पछि पर्नुपर्ने कारण छैन । त्यसका लागि नेपालका तर्फबाट गर्ने सबै कोसिस गरिनेछ ।’

ओलीको भनाइमा सहमति जनाउँदै उपप्रधानमन्त्री महासेठले तीन वर्षभित्र यस भेगमा पर्ने नदी र खोलामा ५ देखि ७ वटासम्म पुल बनाउने आश्वासन दिए ।

संखुवासभाको किमाथांका र सिन्धुपाल्चोकको तातोपानी नाकाभन्दा तिप्ताला नाका अझै छोटो हुनेछ, जसले चीन र भारत सबैभन्दा छिटो पुग्न सकिन्छ । नेपाल र चीनबीचको पारवहन सन्धिको प्रोटोकल अनुसार दुई मुलुकबीचको अन्तर्राष्ट्रिय व्यापारका लागि कुल ६ वटा नाका तोकिएको छ । जसमा रसुवाको केरुङ, सिन्धुपाल्चोकको तातोपानी, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोला, हुम्लाको हिल्सा र मुस्ताङको कोरला नाका पर्छन्। यसमध्ये किमाथांका र ओलाङचुङगोला कोभिड महामारीयता खुल्न सकेका छैनन् । अन्य नाका खुलिसकेका छन् ।

ओलाङचुङगोलामा ओलाङचुङगोला र याङ्मा गरी दुई स्थानमा मानव बस्ती रहेको छ । जसमा कुल ६२ घरपरिवारको बसोबास रहेको छ । यहाँको जनसंख्या २३९ रहेको फक्ताङलुङ गाउँपालिकाको विवरणमा देखिन्छ ।

चीनसँगको यो नाका जोड्ने सडकमा ट्र्याक खुले पनि नियमित सडक यातायात सञ्चालन गर्न भने सडक स्तरोन्नति गर्नुपर्ने हुन्छ । बिहीबार स्थानीयको तर्फबाट सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समेटेर प्राथमिकताका साथ बजेट राख्न माग गरिएको थियो । यसमा भौतिक मन्त्री महासेठले आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।

यसबाट स्थानीयले सुख्खा बन्दरगाह बनाउन समेत माग गरेका छन् । यसको सम्भाव्यता अध्ययनको काम भइसकेको वडाध्यक्ष शेर्पाले जानकारी दिए । साथै रानीपुलबाट ओलाङचुङगोला जोड्ने सडकमा पक्की पुल निर्माणका लागि समेत स्थानीयले माग गरेका छन् ।

संखुवासभामा पर्ने किमाथांका जोड्ने उत्तर दक्षिण कोशी राजमार्गलाई भने सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा समटेको छ । खाँदबारी–किमाथांका १६२ किलोमिटर यो सडकमा ट्र्याक खोल्ने काम आव २०६५/६६ बाट सुरू भएको हो । यसमध्ये भौगोलिक रुपमा कठिन १४ किलोमिटर खण्डमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ ।

तस्वीरहरू : दिनेश भण्डारी 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM