२०८२ माघ ८ गते, बिहीबार १०:१८

जनकपुरधाममा शहिद कप अन्तर प्रदेश क्रिकेट प्रतियोगिता हुने               

जनकपुरधाम । मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा वैशाख २० गतेबाट जनकपुरधाममा शहिद कप अन्तर प्रदेश टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । 

शहिद कप क्रिकेट कमिटीले जनकपुरधाममा आज पत्रकार सम्मेलन गरी   वैशाख २० गतेबाट जनकपुरधाममा शहिद कप अन्तर प्रदेश टी–२० क्रिकेट प्रतियोगिता हुने जानकारी गराएको हो । 

जनकपुरधामको निर्माणाधीन अवस्थामा रहेको रामजानकी बहुउद्देश्यीय रङ्गशालामा हुने प्रतियोगितामा ७ वटै प्रदेशका प्रदेश स्तरीय टिमका साथै प्रतियोगिताको संयोजनको जिम्मेवारी पाएको शहिद कप क्रिकेट कमिटीको टीम गरी कूल ८ टिमको सहभागिता हुने आयोजकले जनाएको छ ।

क्यानको सहकार्यमा हुन लागेको सो प्रतियोगितामा विजेता हुने टिमलाई २ लाख ११ हजार नगदसहित कप, पदक, प्रमाणपत्र, उपविजेता टिमलाई १ लाख ११ हजार नगद, कप, पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले 

पत्रकार सम्मेलनमा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता कुमारी साहले मधेश प्रदेशमा खेलकुदको विकास गर्न तथा शहीदहरू प्रतिको सम्मान प्रकट गर्नका लागि शहिद कपको आयोजना गरेको बताउनुभयो । 

उहाँले प्रदेश सरकारले यसका लागि चालु आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरेको र अगामी वर्षदेखि ५० लाख पुर्‍याउने बताउनुभयो । 

मन्त्री साहले महिला खेलाडीहरूलाई प्रोत्साहित गर्नका लागि मधेश प्रदेश सरकारले महिलाहरूको लागि मात्र क्रिकेट, भलिबल तथा फुटबल प्रतियोगिता गराउने पक्षमा रहेको बताउनुभयो । 

पत्रकार सम्मेलनमा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चुडामणि फुयाँलले यस पटक कार्यविधिमा नै कम बजेट पुरस्कार रकममा भएकाले अगामी आर्थिक वर्षदेखि शहिद कप क्रिकेटको बजेट बढाउनुका साथै पुरस्कार रकम वृद्धि गरिने बताउनुभयो । 

पत्रकार सम्मेलनमा शहिद कप क्रिकेट कमिटीका संयोजक रुपेश कुमार सिंहले प्रतियोगिता टी–२० फरमेटमा खेलाइने र प्रतियोगिता वैशाख २९ गतेसम्म चल्ने भएको जानकारी दिनुभयो । 

कार्यक्रममा कमिटीका वरिष्ठ सदस्य ज्ञानेन्द्र झा ज्ञानुले शहिद कपको समापन कार्यक्रममा मधेश प्रदेशका धनुषा तथा महोत्तरी जिल्लाका शहिद परिवारहरूलाई नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM