२०८२ मंसिर २१ गते, आईतवार २२:१०

नेपाली सेनाको अगुवाइमा सफा हिमाल अभियान शुरु 

काठमाडौँ । नेपाली सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सञ्चालन हुने सफा हिमाल अभियान, २०२४ थालनी भएको छ ।  

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले प्रमुख सेनानी आदित्य कार्कीलाई क्याम्पेयिङ फ्ल्याग हस्तान्तरण गरी अभियानको थालनी गर्नुभयो ।

प्रधान सेनापति शर्माले पर्वतीय पर्यावरण सुरक्षा सार्वजनिक महत्वको विषय भएकोले हिमाल सफाइ अभियान सरोकारवाला सबैको साझा प्रयास, समन्वय र सहकार्यबाट मात्र सफल हुने बताउनुभयो । 

उहाँले पर्यावरण सुरक्षामा करिब ५ दशकको सक्रिय सहभागिता एवम् सफा हिमाल अभियानमा विगत पाँच वर्षदेखिका अनुभवहरू र यस वर्षको विस्तृत र व्यावहारिक योजनाले गर्दा यस अभियानले सफलतापूर्वक आफ्नो लक्ष्य प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधान सेनापति शर्माले सफा हिमाल अभियानको सफलता फोहोर सङ्कलनको मात्राले मात्र नभई अभियानमार्फत प्रसारित हुने सचेतना र त्यसले ल्याउने बृहत् सहभागिताले निर्धारण हुने उल्लेख गर्नुभयो ।

हिमाल सफाइ अभियानका निर्देशकले अभियानको जानकारी प्रस्तुत गरेर सुरु भएको समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.दिपक काफ्लेले सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

समारोहमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र पर्यटन विभागका महानिर्देशकहरू, रथीवृन्द, अधिकृत, वन तथा वातावरण र पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरू, नेपालस्थित विभिन्न देशका सैनिक सहचारीहरू, सफा हिमाल अभियान, २०२४ का साझेदार सङ्घसंस्थाका पदाधिकारीहरू एवं सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने सफा हिमाल अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, खुम्बु पासाङ ल्हामु गाउँपालिका, नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार सङ्घलगायतका संघ संस्थाहरूको प्राविधिक सहयोग रहेको छ ।

अभियान अन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहर तथा ५ वटा मानव शव व्यवस्थापन गर्ने लक्ष्य लिइएको नेपाली सेनाले जनाएको छ ।

करिब ३ हप्ताको प्रि–डिप्लोइमेन्ट तथा एक्लिमटाईजेशन तालिम सम्पन्न गरिसकेको सफाइ टोली वैशाख ०२ गते सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरी करिब ५० दिनको कार्य योजना अनुसार सफाइको कार्यमा संलग्न रहनेछ । 

सङ्कलित फोहरहरू मध्ये सड्ने फोहरहरू स्थानीय निकायहरूलाई र नसड्ने फोहरहरू रिसाइकल गर्ने संस्थालाई व्यवस्थापनको लागि हस्तान्तरण गरी समापन गर्ने योजना रहेको छ । 

अभियानले विश्वव्यापी चुनौतीको रूपमा रहेको वातावरणीय प्रदूषण तथा तापमान परिवर्तनको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM