२०८३ बैशाख २८ गते, सोमबार १४:३९

अध्यक्ष अनिल अग्रवालको ब्रह्मलूटबाट आजीत महासचिव लाठद्वारा राजीनामा

वीरगंज/वीरगंज उद्योग वाणिज्य वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले संघको कोषमा लुटतन्त्र मच्चाएपछि महासचिव आशीष कुमार लाठले राजीनामा दिएका छन्।

आफ्नो घर व्यवहार र व्यापार समेतको राम्ररी हेरचाह गर्न नसक्ने अनिलले यत्रो ठूलो संस्थाको नेतृत्व प्रदान गर्न सक्ने ल्याकत नभएको उनका निकटवर्तीहरूको भनाई रहेको छ।

अध्यक्ष अनिलले संघको कोषलाई आफ्नो निजी विरासत ठानेर लेखा शाखा मार्फत निरन्तर रुपमा अनियमितता गर्न थालेको चर्चा चुलिएपछि महासचिवले विवरण माग गर्दा पारदर्शी ढंगले उपलब्ध गराउनुको सट्टा नियन्त्रण गर्न खोज्दा उनको नियतमाथि थप शंका उब्जिएको छ.

सामान्य कार्यक्रमको पनि चौगुणा खर्च देखाई संघको कोष रित्याउने अभियानमा लागेका अध्यक्ष अग्रवालले जिल्ला प्रशासन कार्यालय पर्सामा जेनेरेटर दिएर डब्बल बिल बनाएर खाएको संघका सदस्यहरुको आरोप छ।

यताका केहि वर्षदेखि संचारकर्मी, सुरक्षाकर्मी, समाजसेवीहरूलाई उद्योग वाणिज्य संघद्वारा प्रदान गरिँदै आएको भेटी कोशेली अग्रवाल आफैँले हसुर्दै आएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM