२०८३ बैशाख २७ गते, आईतवार २३:३६

नेशनल मेडिकल कलेजमा प्रहरीको छापा, एमडी सहनवाजसहित दुई पक्राउ

वीरगंज/वीरगंजस्थित नेशनल मेडिकल कलेजमा सोमबार दिउँसो पर्सा प्रहरीले छापा मारेको छ।

कलेजको प्रयोगशालामा म्याद गुज्रिएको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो।

इ.सं. २०२१ मैं म्याद गुज्रिएको केमिकल ल्याबबाट बरामद भएपछि कलेजका एमडीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ल्याबबाट म्याद गुज्रिएको केमिकल भएको अनुगमनको क्रममा भेटिएपछि कलेजका एमडी सहनवाज हुसेन र ल्याबका डाक्टर संजय साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM