२०८२ असार २० गते, शुक्रबार ०७:२०

विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको ११४ वर्षको उमेरमा निधन 

सन् २०२२ मा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा प्रमाणित गरेका भेनेजुएलाका जुआन भिसेन्ट पेरेज मोराको ११४ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सामाजिक सञ्जाल एक्समा शोक सन्देश जारी गर्दै जुआन भिसेन्ट पेरेज मोराको निधन भएको पुष्टि गर्नुभएको छ । 

राष्ट्रपति निकोलस मदुरोले भन्नुभयो, “जुआन भिसेन्ट पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ । उहाँ अमर रहनुहुनेछ । शोक सन्तप्त मृतकका परिवारजनमा गहिरो समवेदना ।”  

पेरेज ११२ वर्ष २५३ दिनको उमेरमा रहेकै समय तत्कालीन समयमा जीवित व्यक्तिहरूमध्ये उहाँको नाम गिनिज बुक्समा विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा दर्ता भएको थियो । 

एघार सन्तानका पिता रहेका पेरेज मोराका सन् २०२२ सम्ममा तीन पुस्ता गरी ७१ जना पारिवारिक सदस्य थिए ।

टिओ भिसेन्टे को नामले चिनिने भेनेजुयली किसान पेरेज मोराको जन्म २७ मे १९०९ मा एन्डियन राज्य ताचिराको एल कोब्रे शहरमा भएको थियो र उहाँ१० सन्तानमध्ये नवौं सन्तान हुनुहुन्थ्यो । 

सन् २०२२ को गिनिज स्टेटमेन्टमा भनिएको छ, “पाँच वर्षको उमेरमा उहाँले आफ्ना बुबा र दाजुहरूसँग कृषि पेसामा संलग्न हुन थाल्नुभएको थियो । उहाँको परिवार उखु र कफी उत्पादनका लागि काम गर्थ्यो । 

शुरूमा कृषकका रूपमा भूमि र पारिवारिक विवादहरू समाधान गर्न जिम्मेवार पेरेजले कानुन अधिकारीका रूपमासमेत काम गर्नुभएको थियो । 

। रासस

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM