२०८२ फाल्गुन ६ गते, बुधबार १२:४३

गण्डकीमा कांग्रेस : महिना दिन सत्तामै रहौंला, सके बहुमत जुटाऔंला !

२० चैत, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार राजीनामा दिने भएका छन् । अहिले राजीनामा दिने र अल्पमतको सरकार बनाएर कम्तीमा महिना दिन सत्तामै रहने कांग्रेस सांसदलाई जानकारी गराएका हुन् ।

मंगलबार कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले तत्काल विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति नरहे मार्गप्रश्स्त गरेर जानु उत्तम विकल्प भएको बताएका थिए ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री पाण्डेले २२ फागुनमा माओवादीका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए भने माओवादीले २३ गते समर्थन फिर्ता लिएको थियो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री पाण्डेले २२ गतेभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिनु दुई दिनअघि प्रदेशसभा सचिवालयमा जानकारी गराउनुपर्ने प्रदेशसभा नियमावलीमा व्यवस्था छ ।

त्यसअनुसार मुख्यमन्त्री पाण्डेले मंगलबार दिउँसोम्म विश्वासको मत लिने जानकारी दिन प्रदेशसभालाई दिनुपर्ने थियो । तर विश्वासको मत प्राप्त गर्ने स्थिति नरहेकाले भोलि बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिने उनको तयारी छ ।

मुख्यमन्त्री पाण्डे सुरुमा त बहुमत जुटाउने प्रयासमा लागेका थिए । स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङेलाई दल त्याग गर्न लगाएर भौतिक पूर्वाधार मन्त्री बनाए ।

राप्रपाका २ र माओवादी केन्द्रको चुनाव चिह्न लिएर जितेका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाले समर्थन गर्न टुप्लुक्क बहुमत (३१) पुग्ने उनको विश्लेषण थियो । तर राप्रपाले तत्काल समर्थन नगर्ने भयो भने माओवादीको ह्वीप लाग्ने भएका कारण देवकोटाले समर्थन गर्ने सम्भावना पनि कमजोर भएको नेताहरु बताउँछन् ।

त्यसैले अब राजीनामा दिने र अल्पमतको सरकार बनाउने रणनीतिमा जुटेका छन् । आफूले राजीनामा दिएपछि (एमाले–माओवादी) गठबन्धनको सरकार बन्न नसक्ने उनको विश्लेषण छ । त्यसपछि ठूलो दलको हैसियतमा कांग्रेसकै नेतृत्वमा सरकार बन्नसक्ने भन्दै उनले सांसदहरुको राय मागेका थिए ।

कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापाका अनुसार सांसदहरुले पनि यही विकल्प उपयुक्त भएको सुझाएका छन् । ठूलो दलको हैसियतमा सरकार बनाउँदा कम्तीमा एक महिना समर्थन जुटाउन समय हुने भन्दै उनले भने, ‘कसैको स्पष्ट बहुमत नपुग्ने भएकाले संसदीय अभ्यासमा केके गर्नुपर्छ, त्यो गर्ने कुरा भइहाल्यो । अन्य दलसँग छलफल गर्ने, मनाउने कुरा त स्वभाविकै हो ।’

सांसदहरुले सबै अधिकार मुख्यमन्त्रीलाई दिएको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिई भोलि बुधबार मुख्यमन्त्री पाण्डेले राजीनामा दिएमा प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गर्नेछन् । अहिलेसम्म भइरहेको अभ्यासअनुसार बढीमा ३ देखि ५ दिनभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखले समय दिनसक्ने अनुमान कांग्रेसको छ ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२ र माओवादीका ७ (सभामुख बाहेक) सांसदले मात्र गठबन्धनको सरकार नबन्ने कांग्रेसको विश्लेषण छ ।

२ सांसद भएको राप्रपाको समर्थन पाएमा एमाले–माओवादी गठबन्धनले सहजै सरकार बनाउन सक्छ । एमाले र माओवादीले त्यसका लागि पहल पनि गरेका छन् । तर २७ चैतमा काठमाडौंमा प्रदर्शनको तयारीमा जुटेको राप्रपाले गण्डकी प्रदेशमा सरकार बनाउन सघाउने सम्भावना छैन बराबरकै अवस्थामा छ ।

राप्रपा तटस्थ बस्नासाथ संविधानको धारा १६८ (२) बमोजिम सरकार बनाउन एमाले–माओवादीले सक्दैनन् ।

त्यो अवस्थामा प्रदेश प्रमुखले १६८ (३) बमोजिम प्रदेश सभाको सबभन्दा ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्नेछ । गण्डकीमा कांग्रेस २७ सांसदसहित सबभन्दा ठूलो दल हो ।

त्यसैले अल्पमतको सरकार बनाउने सबभन्दा उत्तम विकल्प देखिएको सांसदहरुले बताएका छन् ।

गण्डकीमा डिल्लीराज भट्ट प्रदेश प्रमुख छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै एमालेको सिफारिसमा प्रदेश प्रमुख बनेका भट्टले लामो समय दिएर सरकार गठन गर्न आह्वान गर्छन् कि भन्ने आशंका पनि कांग्रेस सांसदलाई थियो । तर अहिलेसम्मको अभ्यास हेर्दा त्यसो गर्नु उचित नदेखिने भएकाले कांग्रेस मुख्यमन्त्रीलाई राजीनामा गराउने तयारीमा जुटेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d slot gacor carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM