Monday, April 29, 2024
घरपत्रपत्रिकामन्दिरमा किन राखिन्छ यौनजन्य कलाकृति (टुडाल)? यस्तो छ कारण

मन्दिरमा किन राखिन्छ यौनजन्य कलाकृति (टुडाल)? यस्तो छ कारण

सन्तोष आचार्य

– सन्तोष आचार्य
टुडाल भनेको मन्दिरमा राखिने एक मानव निर्मित कला हो ! जसमा विभिन्न आसनमा महिला पुरुषले सम्भोग गर्दै गरेका दृश्यहरू देख्न सकिन्छ।
सुन्दा र हेर्दा नि अचम्म लाग्छ होला है ? आखिर मन्दिर जस्तो पवित्र स्थानमा त्यस्ता यौनजन्य कलाकृती किन त ?
के तपाईले कहिले त्यो टुडाल अंकित
काठको खाबोलाई नियालेर हेर्नु भएको छ ?
कि टुडालको यौन क्रियाकलाप मात्रै हेरेर फर्किनु भएको छ ?
उक्त दृश्य कुदिएको हरेक टुडालको खाबोमा
३ फरक फरक किसिमको आकृति कुदिएको हुन्छ !
एकै खाबोमा सबै भन्दा तल यौन आकृति कुदिएको हुन्छ
त्यहि खाबोको बिचको भागमा विभिन्न भगवानको आकृति कुदिएको हुन्छ अनि त्यो टुडालको सबै भन्दा मास्तिर
परमेश्वरको विन्दु (शुन्यता) रुपी आकृति कुदिएको हुन्छ ।
सबैभन्दा तलको यौनजन्य आकृतिले तपाई हामी जस्तो गृहस्थ मानबको प्रतिनिधित्व गरेको हुन्छ !
अर्थात साधारण मानिसहरू यौनक्रियाकलाप एवं
रसभोगमा लिप्त हुन्छन्, जब मानिस त्यो क्रियाकलापबाट माथि उठ्दछन् तब उनीहरू भगवान/महात्मा बन्दछन।
त्यो खाबोको बीचमा अंकित चित्रले मानिसलाई भगवान बन्न प्रेरित गरिरहेको हुन्छ ।
मानिसले अझ राम्रो कर्म गरेको खण्डमा अन्ततः परमेश्वरमा बिलिन हुन्छन । एकै खाबोमा तीन फरक किसिमको चेतनाको स्तरलाई
देखाईएको हुन्छ तर माथि अंकित चित्रहरूमा कसैको ध्यान नै जाँदैन।
किनभने मानिसको चेतना स्तर सम्भोग देखि माथि कहिल्यै उठ्न सकेको छैन । जुनदिन हाम्रो चेतनास्तर सम्भोग देखि माथि उठ्छ
तब उसले त्यहि टुडाल हेर्दापनि यौन क्रियाकलापमा होईन
उसको दृष्टि सिधै भगवान आकृतिमा जान्छ  !
एकै खाबोमा ३ आकृति हुँदापनि जसरी माथिको दुई आकृति सधै ध्यान देखि बाहिर हुन्थ्यो त्यसरी नै साधारण मानिसको यौनिक सोच देखि चेतनास्तर माथि उठ्नासाथ उसले भगवान आकृति मात्र देख्न थाल्छ र अन्य दुई आकृति फेरी ध्यानमा आउन्न ।
मानिसले अझै राम्रो कर्म गरे सिद्धी हासिल गरे उसले अन्ततः परमेश्वरको प्राप्ती गर्दछ !
त्यो समयमा उसको दृष्टि तलको दुई चित्रमा होईन
बिन्दुरूपी आकृतीमा विलिन हुन्छ ।
आजको समयमा समस्त झोले, पास्टर, मंगोल, मुगलहरू त्यहि तलको यौनिक चित्रमा हराई रहेका छन् ! चाहे जत्ति नै ज्ञान दिए पनि उनीहरू त्यहाँभन्दा माथि उठ्नै सक्दैनन् !
त्यसैले उनीहरूको तर्कको विषयमा टुडालमा अंकित यौन चित्र सधै श्रेष्ठतामा पर्दछ ।
हुन त टुडालमा अंकित यौन समागम दृष्य हेरेर जिब्रो टोक्ने
तर पोर्न फिल्म लुकि लुकि हेरेर आनन्द लिने समाजले
यस्तो दोहोरो चरित्र देखाउनु स्वाभाविक नै हो ।
आनी छोईङ डोल्माको गीत फुलको आँखामा फुलै संसार
भने झैँ यौनले कुण्ठित व्यक्तिको दिमागमा
यौन देखि माथि भगवान प्राप्तिमा कदापि ध्यान जाँदैन ।
उनीहरू त्यो देखि माथी उठ्नै सक्दैनन्। त्यहाँदेखि माथि उठ्नलाई न उनीहरूको शास्त्रले सिकाउँछ, न उनीहरूसँग त्यत्रो चेतनास्तर नै छ ।
समस्त सृष्टीको जीवको दैनिकीलाई प्रतिनिधित्व गर्दछ
टुडालमा अङ्कित त्यो तलको चित्रले। मोज, मस्ती, भोग, विलास, सन्तानोत्पादन, यौन सुखभोग !
त्यहा देखि पर साधारण मानबको जिवनमा केहि छैन !
म, मेरो सन्तान, मेरो परिवार, मेरो श्रीमती, मेरो घर
मेरो जमिन, मेरो साधन आदिमै रमाएका छन् !
तर जब एक मानिस त्यो सबै कुरादेखि माथि उठ्छ
उ भगवान बन्दछ ।
गौतम बुद्ध, हाम्रा ऋषिमुनि, राम, कृष्ण
आदी सबै भगवान हुन । उनीहरूले आफूलाई यौनिक जीवनदेखि माथि उठाए त्यसैले उनिहरू मानव नै हुदा हुदै पनि हामीहरूले उनिहरूलाई स सम्मान भगवान गौतम बुद्ध भगवान महावीर, भगवान कृष्ण, भगवान राम आदी भनेर सम्बोधन गर्दछौ ।
त्यसैले उक्त टुडालमा भएको तल कै चित्र यौनिक रसभोगमा अल्झिएर जीवन मरण सन्तानोत्पादन आदि मै रमाएर म मेरो भाव मै जीवन सिध्याउने होकि भगवान, ऋषि, सन्त, सद्पुरुष, महात्मा बन्न प्रयत्न गर्ने ?
त्यो स्वयंमा निर्भर छ  ! यहाँ हर कुराको आफ्नै अर्थ र महत्व छ
बुझे देखि योनी पनि सन्तान उत्पादन एवं नया जीवन उत्पादनको साधन अनि नबुझे घन्टे कमाई खाने भाँडो ।
बुझे त्यो टुडाल ! महासागर
नबुझे केवल ! यौन सागर । 🙏🙏
जय सनातन !

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -