Friday, April 12, 2024
घरपत्रपत्रिकाहोली खेल्दा झडप: दुईको मृत्यु, १८ जना पक्राउ

होली खेल्दा झडप: दुईको मृत्यु, १८ जना पक्राउ

ललितपुर/होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको छ ।

ललितपुरको धोलाहिटीमा आइतबार होली पर्व मनाउने क्रममा दुई समूहबीच झडप हुँदा दुई युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचथर घर भई हाल ललितपुरको धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई हाल धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार राति भएको उक्त झडपमा मृत्यु भएका पूजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments