२०८३ बैशाख २८ गते, सोमबार १५:४१

भिखम चन्द अग्रवालको उद्योगमा राजस्वको छापा

वीरगंज/ भिखम चन्द अग्रवालले संचालन गरेको मुक्ति आयलमा राजस्व अनुसन्धान कार्यालयले छापामारी गरेको छ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाका अनुसन्धान अधिकृत रेशम भण्डारीको नेतृत्वमा पुगेको टोलीले बाराको परवानीपुर गाउँपालिका लिपनीमाल स्थित उद्योगमा शुक्रबार छापामारी गरेको हो।

तेल एवं खाद्यान्न कारोबारको आड़मा विभिन्न अवैध कारोबारहरू गरिरहेको सूचनाको आधारमा छापामारी गरिएको बुझिन आएको छ। भिखम चन्द अग्रवालका छोरा यस अघि कोरोनाकालमा कालोबजारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा समेत पुगेका थिए।

त्यतिमात्र नभई यस अघि पनि उनको वीरगंज स्थित कार्यालय र उद्योगमा राजस्व अनुसन्धान विभागले छापामारी गरेको थियो। पटक पटक आर्थिक बलमा जोगिँदै आएका भिखमचन्द अग्रवाल र उनका छोराहरू यस पल्ट पनि जोगिन आर्थिक चलखेलमा जुटेको स्रोतले जनाएको छ।

मुलुकको वर्तमान जर्जर आर्थिक अवस्थालाई सुदृढ़ गर्न तर्फ सरकार अग्रसर रहेपनि राजस्व पदाधिकारीहरूलाई प्रभावमा पार्न विभिन्न शक्तिकेन्द्रबाट आर्थिक र राजनीतिक शक्ति प्रयोगमा मुक्ति आयल संचालकहरू जुटेको खबर प्राप्त हुन आएको छ।यस सन्दर्भमा भिखम चन्दसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन्।

छापमारी गर्न पुगेका राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराका अनुसन्धान अधिकृत रेशम भण्डारीले भने अहिले अनुसन्धान कै क्रममा रहेकोले विस्तृत जानकारी सार्वजनिक गर्न नमिल्ने भन्दै पन्छिन खोजे।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM